आज :

चीनले एमसीसीबारे मुख खाेल्याे – अमेरिकाले नेपाललाई दिएको धम्कीकाे हामी प्रतिरोध गर्छौं

काठमाडौँ । विवादित अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लाई लिएर नेपाली राजनीति तातिरहेको बेला छिमेकी चीनले पनि मुख खोलेको छ । उसले अमेरिकाले नेपाललाई धम्की दिइरहेको बताउँदै त्यसको प्रतिवाद गर्ने बताएका छ ।

चीनको परराष्ट्र मन्त्रालयले शुक्रबार बेइजिङमा पत्रकार सम्मेलन आयोजना गरेर अमेरिकाले नेपालमाथि धम्की कुटनीति सुरु गरेको समेत बताएको छ । चिनियाँ संचारमाध्यहरुका अनुसार परराष्ट्र प्रवक्ता वाङ् वन पिनले सो कुरा बताएका हुन् । “अमेरिकाले नेपालसँगको सहकार्यको नाममा धम्की कुटनीतिु सुरू गरेको छ। यसको चीनले प्रतिरोध गर्नेछ” प्रवक्ता पिनले पत्रकार सम्मेलनमा भने ।

अमेरिकाले एमसीसी अनुमोदन नभए चिनियाँ हस्तक्षेपका कारण भएकाे मान्ने भन्दै नेपाललाइ दिएकाे थियाे । त्यसैकाे जवाफस्वरूप चीनकाे याे भनाइ अाएकाे बताइएकाे छ ।

पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता वन पिनले नेपालले आफ्नो विकासको स्वतन्त्र बाटो रोज्न सक्ने र साझेदार चयन गर्नसक्ने बताउँदै चीन नेपालको छिमेकी मुलुक र विकास साझेदार भएको नाताले नेपाली जनताले आफ्नो स्वतन्त्र विकासको बाटो छान्न चीनले समर्थन गर्ने बताए।

अमेरिकाले फेब्रुअरी २८ तारिख भित्रमा एमसीसी पारित नगरे नेपाल नीति परिवर्तन गर्ने चेतावीबारे चीनले पहिलो पटक सार्वजनिक रुपमा खुम खोलेको हो ।

यसैबीच नेपालको लागि अमेरिकी राजदूत र्‍याडी बेरीले एमसीसीको विषयलाई लिएर हिं सा हुने वा हिं सा भड्काउने किसिमका विचारहरू आफूहरूलाई स्वीकार्य नहुने बताएका छन् । सामाजिक सञ्जाल ट्वीटरमा दूतावासको आधिकारिक अकाउन्टबाट ट्वीट गर्दै राजदूत बेरीले लोकतन्त्रमा शान्तिपूर्वक आफ्नो विचार राख्ने छुट सबैलाई भएपनि हिं सा भड्काउने विचारहरु भने स्वीकार्य नहुने भनेर धम्की दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal