आज :

एमसीसी पेश नगरी प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित

काठमाडौँ । विवादित एमसीसी टेबल नगरी प्रतिनिधिसभा बैठक फागुन ६ गतेसम्मका लागि स्थगित भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेको अवरोध सुरु भएको बैठक फागुन ६ गते दिउँसो १ बजे बस्नेगरी स्थगित गरिएको छ ।

सरकारले आजको बैठकमा एमसीसी तयारी गरेपनि नेकपा माओवादी केन्द्रको असहमति र आपत्तिका कारण पेश हुन सकेन । सभामुखले बैठक सुरु भएको जानकारी गराएलगत्तै एमाले सांसदहरुले नाराबाजीसहित रोस्ट्रम घेराउ गरेका थिए ।

एमालेको नाराबाजीबीच सभामुखले कार्यसूचीमा प्रवेश गराएका थिए । आजको बैठकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडूले थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेस गरेका थिए ।

त्यसैगरी कार्यसूचीमा राखिएको पूर्वसांसदहरू जगतबहादुर ताजपुरिया, लक्ष्मीदास मानन्धर र डा दमनसिंह थापाको निधनप्रति शोक प्रस्ताव बैठकले पारित गरेको थियो । आजको बैठकमा दुईवटा विषय मात्रै कार्यसूचीमा राखिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal