काठमाडौं । नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समिति बैठक यही फागुन ८ गते बस्ने भएको छ । महाधिवेशन अध्यक्ष निर्वाचित गरेर स्थगित भएको बैठक पुनः ८ र ९ गते माओवादी केन्द्रले बोलाएको छ ।
पदाधिकारीको चयन, एमसीसी र संसदलगायतका विषयमा छलफल गर्न बैठक बोलाइएको माओवादी केन्द्रले जनाएको छ । बैठक अनुपम फुडल्याण्डमा बोलाइएको केन्द्रीय कार्यालयले जनाएको छ । बस्ने तय भएको छ । बैठक फागुन ८ र ९ गते दुई दिन बस्ने छ ।
नेताहरका अनुसार केन्द्रीय समितिको बैठकबाट मनोनयन गर्न बाँकी केन्द्रीय सदस्य, पोलिटब्युरो, स्थायी समिति गठन र पदाधिकारी चयन यही बैठकबाट चयन गर्ने बताइएको छ ।