आज :

सभामुखले बोलाए सर्वदलीय बैठक, महाअभियोग र एमसीसीबारे छलफल हुने

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले आज सर्वदलीय बैठक बोलाएका छन् । सभामुख सापकोटाले आज दिउँसो २ बजे सर्वदलीय बैठक बोलाएका छन् ।

संसदमा महाअभियोग दर्ता र विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) बारे दलबीच छलफल गर्न सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । सत्तापक्षले महाअभियो र एमसीसी सँगै अगाडि बढाएको छ ।

एमसीसीलाई टेबुल गर्न तयार नभएका सभामुख सापकोटाले महाअभियो दर्ता भएसँगै सक्रिय भएका छन् । एमसीसी संसदमै लैजान सत्ता गठबन्धन तयार भएको बताइएको छ । सत्तापक्ष सहमत भएपछि सभामुख पनि एमसीसी टेबुल गर्न तयार भएको बताइएको छ ।

संसद अवरुद्ध गर्दै आएको नेकपा एमाले आजको बैठकमा जाने केही बताइसकेको छैन । यसअघि सभामुखले बोलाएका बैठकमा एमाले बहिस्कार गर्दै आएको थियो ।

सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेनद्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । आइतबार साँझ बसेको नेकपा एमालेको सचिवालय बैठकले महाभियोगको प्रतिवाद गर्ने निर्णय गरेको छ ।

एमालेको यो निर्णयसँगै महाअभियोग संसदबाट पारित नहुने भएको छ । महाअभियोगसँगै जबरा स्वतः निलम्वनमा परेका छन् ।

केही दिनदेखि एमसीसी वरिपरी घुमेको नेपाली राजनीतिमा महाअभियो थपिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal