
काठमाडौं । बुधबार बस्ने प्रतिनिधिसभा बैठकको कार्यसूचीमा एमसीसी परेन । संसद बैठक बुधबार दिउँसो १ बजे बोलाइएको छ ।
सरकारले भोलिकै बैठकमा एमसीसी टेवुल गर्न चाहेको चर्चा भइरहेको बेला संसदको कार्यसूचीमा नै परेन ।
संघीय संसदका महासचिव डा. भरतराज गौतमले मंगलबार जारी गरेको पत्रमा कार्यसूचीमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘थारु आयोगको तेस्रो वार्षिक प्रतिवेदन पेश हुने रहेको छ । त्यस्तै, अर्को कार्यक्रम भने शोक प्रस्ताव प्रस्तुत गर्ने रहेको छ ।