
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी फुटेको छ । पार्टीका निवर्तमान अध्यक्ष कमल थापाले पार्टीबाट अलग भएको घोषणा गरेसँगै राप्रपा औपचारिक रुपमा विभाजन भएको हो ।
मंगलबार हेटौडा पुगेका थापाले आफूले राप्रपाले राप्रपा छोडेको घोषणा गर्दै ३१ वर्ष लामो सम्बन्ध टुटेको बताउँदै ३१ वर्ष लामो पार्टीको सम्बन्ध टुटेको जानकार दिए । थापाले विज्ञप्तिमा अत्यन्त भारी मन र पीडाबोधका साथ पार्टीबाट अलग हुने निर्णय गरेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।
थापाले पार्टीभित्र सैद्धान्तिक विचलन र गलत प्रवृत्ति हावी भएको त्यसलाई सुधार गरेर जाने आफ्नो चाहनाको सुनुवाइ नभएकाले अलग भएको बताएका छन् ।
।
यसअघि थापाले आफ्ना मागहरु पूरा गर्न अध्यक्ष राजेन्द्र लिङ्देन आग्रह गरेका थिए । थापा लिङ्देनसँग अध्यक्षमा पराजित भएका थिए ।