आज :

देशभरको मौसम बदली, दिनभर बर्षा र हिमपात हुने 

काठमाडौं । आज देशभरको मौसम बदली भइरहेको छ । गएरातिबाट काठमाडौंसहित देशभर पानी परेको छ । उच्च पहाडी तथा हिमाली भेगका केही ठाउँमा हिमपात भएको छ ।

अहिले पनि केही ठाउँमा मेघ गर्जन र चट्याङ्गसहित पानी परिरहेको छ भने रातिबाट सुरु भएको केही ठाउँमा भने विहानैबाट पानी पर्न रोकिएको छ । मौसमविद्का अनुसार दिनभर हिमपात र पानी पर्नेछ ।

जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार बेलुकीसम्म नै पानी पर्ने र रोकिने क्रम चलिरहने र भोलिदेखि पश्चिमी क्षेत्रबाट मौसममा सुधार हुनछ ।

पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले केही दिनदेखि भइरहको मौसम बद्ली आइतवारदेखिमात्रै सुधार  महाशाखाले जनाएको छ । उच्च पहाडी तथा हिमाली भूभागका धेरै ठाउँमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेकाले चिसोबाट बच्न र त्यसको प्रभावबाट जोगिन आवश्यक सुरक्षा तथा सतर्कता अपनाउन पनि महाशाखाले आग्रह गरेको छ ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal