आज :

मौसम बदलीः बर्षा-हिमपात सुरु, आइतबारपछि मात्रै मौसम सफा हुने

काठमाडौं । केही दिन सफा भएको मौसम पुनः बदली भएको छ । मंगलबार रातिबाट पुनः बदली भएको थियो । विहीबार विहानबाट सुदूरपश्चिम र कर्णाली प्रदेशका हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

मौसमविद् सजिना शाक्यले संचारमाध्यमहरुलाई दिएको जानकारीअनुसार  सुदूरपश्चिम र कर्णाली प्रदेशकका उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात भइरहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसम बदली र हिमपात भएको हो ।

आज दिउँसो यी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको छ । अन्य प्रदेशमा पनि पानी पर्ने सम्भावना छ ।  त्यसैगरी काठमाडौं उपत्यकामा आज बेलुका पानी पर्ने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

त्यसैगरी लुम्बिनी, गण्डकी र वाग्मती प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङ्ग समेत पर्ने अनुमान मौसमविद् शाक्यको छ । त्यस्तै, आज राति पनि देशका धेरै ठाउँमा पानी पर्ने अनुमान गरिएको छ । भोलि पनि देशभर वर्षा र हिमपातको सम्भावना छ ।

भोलि देशभरको मौसम सामान्यदेखि पूर्ण बद्ली भइ धेरै ठाउँमा पानी पर्ने महाशाखाले जनाएको छ । आइतबारबाट मौसम खुल्दै जाने महाशाखाले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal