आज :

फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य, पेट्रोलकाे प्रतिलिटर १४२ रुपैयाँ पुग्यो

काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी मूल्यवृद्धि गरेको हो ।

निगमले पेट्रोलमा प्रतिलिटर तीन रुपैयाँ मूल्य बढाएको जनाएको छ । यससँगै अब पेट्रोल प्रतिलिटर १४२ रुपैयाँ पुगेको छ भने डिजेल र मट्टितेल १२५ कायम भएको छ ।

यस्तै निगमले हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर १० रुपैयाँ र अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर १०० अमेरिकी डलर बढाइएको जनाएको छ । ग्यासको मूल्य भने यथावत राखेको निगमले जनाएको छ ।

यति हुँदा समेत प्रति महिलना ४.५ अर्ब देखि ५ अर्ब ऋढ लिनु पर्ने बाध्यात्मक अवस्था बनेको निगमले जनाएको छ ।

निगम स्रोतका अनुसार घाटा पूर्ती गर्न अझै मूल्यवृद्धि गर्नु पर्ने हुन सक्ने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal