आज :

बढ्यो दुधको मूल्यः किसान खुशी, अब प्रतिलिटर कति पुग्यो ?

काठमाडौं । सरकराले दूधको मूल्य बढाएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले किसानका लागि भन्दै प्रतिलिटर १३.१७ रुपैयाँले बढाएको छ । अब किसानले प्रतिलिटर कच्चा दूधको ५६.०४ रुपैयाँ पाउने भएका छन् ।

यसअघि कच्चा दूधको मूल्य प्रतिलिटर ४९.५२ रुपैयाँ थियो । लामो समयदेखि किसानले दूधको मूल्य बढाउन माग गरिरहेका थिए । सरकारले  प्रतिलिटर ६.५२ रुपैयाँले वृद्धि गरेसँगै किसान खुशी भएका छन् । यो मूल्य उपभोक्ताका लागि भने होइन । उपभोक्तालाई कतिमा दिने भन्ने दुग्ध विकास संस्थानले निर्णय गर्ने बताइएको छ ।

दूधको मूल्य फ्याट र एसएनएफको आधारमा गरिएको बताइएको छ । कृषि मन्त्रालयले दूधको फ्याट ४ प्रतिशत र एसएनएफ (धृतांश बाहेकको ठोस पदार्थ) ८ प्रतिशत कायम गरिएको छ । जति फ्याट र एसएनएफ बढी हुन्छ किसानले त्यतिले बढी मूल्य पाउनेछन् । यदि कसैको दूधमा ४ प्रतिशत फ्याट छ भने त्यसलाई ६.८१ रुपैयाँले गुणन गर्दा २७.२४ रुपैयाँ हुन्छ । त्यस्तै ८ प्रतिशत एसएनएफमा ३.६० रुपैयाँले गुणन गर्दा २८.८ प्रतिशत हुन्छ । फ्याट र एसएनपएफलाई जोडेर ५६.०४ रुपैयाँ कायम गरिएको छ । गाईभन्दा बढी फ्याट र एनएफ भैँसीमा हुन्छ ।

अहिले भएको मूल्यवृद्धिका आधारमा हिसाब गर्ने हो एउटा किसानले भैँसीको दूधको प्रतिलिटर ८४–८५ रुपैयाँ पाउन सक्छन् भने गाई दूधको प्रतिलिटर ६० रुपैयाँ पाउन सक्छन् ।

विगत दुई वर्षमा गाई भैँसी खरिद मूल्यमा करिब ४० प्रतिशत, पशुपन्छी आहार १७ प्रतिशत, इन्धन १९ प्रतिशत, विदेशी विनिमय दर (डलर) सात प्रतिशत, श्रमिकको पारिश्रमिक १०.३३ प्रतिशत, बैंकको ब्याजदर ३.३ प्रतिशत र उत्पादित वस्तुको मुद्रास्फीति करिब १० प्रतिशतले वृद्धि भएको कारणले दूधको मूल्यमा वृद्धि भएको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal