आज :

अत्याधुनिक हतियार जडान गरिएको भारतीय सेनाको युद्धपोतमा भएको घटनामा परी ३ सैनिकको मृत्यु, ११ घाइते

काठमाडौं । भारतीय सेनाको अत्याधुनिक युद्धपोतमा बि स्फोट भएको छ । भारतीय संचारमाध्यमहरुका अनुसार मुम्बईमा लडाकु पानीजहाजमा वि ष्फोट भएको हो । घटनामा परी ३ जना सुरक्षाकर्मीको ज्यान गएको छ भने ११ जना घाइते भएका छन् ।

समाचार एजेन्सी एएनआईका अनुसार ‘आईएनएस रणवीर’ नाम दिइएको युद्धपोतमा मंगलबार वि ष्फोट भएको हो । जहाजका चालक दलले स्थितिलाई तुरुन्तै सम्हालेर थप क्षति हुन नदिएको नौसेनाका अधिकारीहरुलाई उद्धृत गर्दै भारतीय मिडियाले उल्लेख गरेका छन् ।

अत्याधुनिक हतियार जडित युद्धपोतमा कसले र कसरी वि स्फोट भएको हो भन्ने भारतीय सेनाले छानविन गरिरहेको समाचारमा उल्लेख गरिएको छ ।

आईएनएस रणवीर युद्धपोतलाई भारतले सन् १९८६ को अक्टुबर २८ तारिखदेखि भारतीय नौसेनामा सामेल गरेको थियो । यो युद्धपोत अत्याधुनिक हतियार र सेन्सर जडित छ । यसबाट सतहबाट सतहमा र हावामा पनि मार हान्न मिल्ने मिसाइल जडान गरिएको छ । मिसाइल रोधी हतियार र पनडुब्बु रोधी रकेट लन्चर पनि जडान गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal