आज :

सहयोग उठेको रकम खाएर रंगशाला अलपत्र पारेको भन्दै धुर्मुस-सुन्तलीविरुद्ध अख्तियारमा उजुरी 

काठमाडौं । कलाकार सिताराम कट्टेल ‘धुर्मुस’ र कुञ्चना घिमिरे ‘सुन्तली’ विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । चितवतस्थित किक्रेट रंगशाला निर्माणको नाममा उठेको चन्दा रकम हिनामिना गरेर अलपत्र पारेको भन्दै उजुरी परेको हो ।

धुर्मुस-सुन्तलीले रंगशाला निर्माणको लागि उठेको रकम अनिमितता गरेको भन्दै उजुरी दिने भरतपुरका क्रिकेट प्रशिक्षक अनिल अधिकारी हुन् । उनले आइतबार सत्यतथ्य छानविन गरी कारवाहीको माग गर्दै उजुरी दर्ता गरेका छन् ।

अख्तियारको दर्ता नम्बर सी–०२३५०३ नम्बरको उजुरीमा अधिकारीले नेपाल र विदेशमा रहेका नेपालीहरु र भरतपुर महानगरपालिकाबाट गरी ५७ करोड रुपैयाँ चन्दा उठेको  को तर काम भने नगरेको आरोप छ । उजुरीमा केवल १४ प्रतिशत भौतिक संरचना मात्रै बनेको तर १७ करोड रुपैयाँ थप ऋण छ भनेर धुर्मुस-सुन्तलीको दाबी सत्य नभएको उल्लेख छ ।

उजुरीमा दुई अर्ब रुपैयाँको लागत अनुमान गरिएको परियोजनामा रकम उठेजति काम समेत नभएको दाबी गरिएको छ । धुर्मुस-सुन्तलीले उक्त रकम हिनामिना गरेको हुन सक्ने भन्दै दुबै जनालाई छानविनको दायरामा ल्याउने पर्ने माग गरिएको छ ।

रंगशाला सार्वजनिक संचरना भएको र निर्माणको लागि सरकारी बजेट पनि भएको भन्दै अख्तियारलाई छानविन गर्न माग गरिएको छ ।

निकै उत्साहित हुँदै निर्माण सुरु गरिएको रंगशाला निर्माणको लागि बजेट अभाव भएको भन्दै धुर्मुस-सुन्तल रुँदै मिडियामा समेत आएका थिए । उनीहरुले थप सहयोग जुटाउन उक्त अभिनय गरेका थिए ।

सुरुदेखि रंगशाला निर्माणको लागि कति सहयोग जुट्यो भन्ने कुरा पारदर्शी नभएको भन्दै धेरैले साँचो व्यक्त गरेका थिए । धुर्मुस-सुन्तलीले रंगशाला निर्माणको लागि कति रकम जुट्यो सार्वजनिक नगरेको भन्ने प्रश्न समेत उठेको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal