आज :

अभिकेशरले सानीआमालाई बेचेको झुटो अन्तरवार्ता प्रसारण गर्ने यूट्युब च्यानलहरु अवैध

काठमाडौं । दिदीको छोराले आफ्नै सानीआमालाई कुवेतमा बेचेको भन्दै अन्तरवार्ता प्रसारण गर्ने यूट्युब च्यानहरु अवैध रहेको भेटिएको छ । केही दिन पहिला केही दिन पहिले अभिकेशर मोतेले आफ्नै सानीआमालाई ९ सय दिनारमा कुवेतमा बेचेको भन्दै झापाकी सिता भुसालको अन्तरवार्ता प्रसारण गर्ने नेपाल अनलाइन टिभी, एफडिसी अनलाइन टिभी र भाइरल अनलाइन टिभी अवैध रहेको प्रेस काउन्सिले जानकारी दिएको छ ।

झुटो अन्तरवर्ता प्रसारण गरेपछि मोतेका दाजुले दिएको निवेदनअनुसार प्रेस काउन्सिल नेपालका उप-प्रशासकीय अधिकृत तथा सूचना अधिकारी रामशरण बोहराले उक्त नामका यूट्युब च्यानलहरु दर्ता वा सुचिकृत नभएको जानकारी पठाएका छन् । यूट्युब च्यानलहरु दर्ता गर्ने व्यवस्था नभएपनि ती च्यानलहरु वेवपोर्टल वा अनलाइन मिडियाको रुपमा समेत सूचीकरण भएका छैनन् ।

अन्तरवार्ता दिने सिता झापाकै अभिकेशर मोतेकी सानिमा हुन् । अभिकेशरको परिवार बिगत १४ बर्षदेखि कुवेतमा रहेका छन् । आफूहरुको चरित्रहत्या गरेको भन्दै भ्रम फैलाउने युट्युव च्यानलबिरुद्ध मोते परिवारले कानुनी उपचारको लागि प्रहरी प्रशासनमा समेत निवेदन दिएको छ । हुँदै नभएको घटनाको अन्तरवार्ता लिएर चरित्रह.त्या गर्न र डलर कमाउन धन्दामा लागेर सामाजिक द्वन्द्व निम्त्याएको भन्दै मोते परिवारले प्रहरीमा उजुरी दिएका छन् ।

मोतेले सिता भुषाल आफ्नै सानिआमा भएको तर उनले केहि यूट्युबरलाई दिएको अन्तरवार्ता सरासर झुटो भएको बताएका छन् । बरु दलालको पञ्जामा परेर कुवेतमा बेचिन पुगेकी सानिआमालाई आफुले उद्धार गरेको बताए । उता सिताले भिडिओमा आफुलाई मोतेले बेचेको दाबी गर्दै शारीरिक र मानसिक यातना दिएको दाबी गरेकी छन् । उनले आफुलाई बेचेको घरको तिन तलामाथिबाट हाम फालेर भागेर दुतावासको शरणमा पुगेको बताएकी छन् । तर तीन तलाबाट हाम फालेको भन्ने सिताको कुरा विश्वास गर्न नसकिने बताइएको छ ।

सिताले भिडियोमा अभिकेशरका दाजु कुमार मोतेले समेत आफुलाई टुक्रा-टुक्रा पारेर काट्छु भन्दै धम्की दिएको बताएकी छन् । तर कुमार मोतेले उनीसँग कुनैपनि किसिमको विवाद नभएको बताएको छ ।

एफ.डि.सीका प्रमुख मन राइले पोष्ट गरेको भिडिओ डिलिट गरेका थिए भने केहिदिन पछि पुन: त्यहि भिडिओ अपलोड गरेका थिए । अहिले एफ.डि.सी युट्युव च्यानल लगायत अन्य च्यानलका भिडिओहरु पनि भिडिओहरु हटाइएका छन् ।

के छ कानुनी ब्यबस्था ?

साइबर अपराध अनुसार सामाजिक सञ्जाल फेसबुक, मेसेन्जर, टिकटक, युट्युब आदिको दुरुपयोग गरी अपराधजन्य कार्य जस्तै : नैतिकता, घृणा, द्वेष, सामाजिक सद्भाव बिगार्ने, महिला जिस्क्याउने, अपमान गर्ने, यस्तै अमर्यादित कार्य गरेमा रु एक लाखसम्म जरिवाना, पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था छ ।

सिताको बारेमा बुझ्दा कुवेतस्थित नेपाली राजदूतावासले कुवेत आएको कुनै अभिलेख नभएकोले अवैध बाटो हुँदै आएको हुनसक्ने बताएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal