आज :

आज राष्ट्रिय भूकम्प सुरक्षा दिवसः मुख्य नारा-‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’

काठमाडौं । आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस । वि.सं. १९९० माघ २ गते दिउँसो २ : २४ बजे भूकम्प गएको सम्झनामा दिवस मनाइन्छ । दिवस मनाउन थालेको वर्ष भएको छ । आज देशभर २४ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।

दिवसको मुख्य नारा ‘भूकम्पीय सचेतना, सुरक्षित संरचना’ रहेको छ । भूकम्पले नभई कमजोर संरचनाले मानवीयलगायत क्षति गर्ने भएकाले भूकम्प प्रतिरोधी संरचना बनाउन नागरिकलाई चेतना जगाउने उद्देश्यले दिवस मनाउन थालिएको हो ।

नागरिकलाई चेतना जगाउन वि.सं. २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रूपमा मनाउन थालिएको भएपनि गत बैशाख १२ गतेको भूकम्पसम्म आउँदा पनि संरचना प्रतिरोधी थिएनन् । जसका कारण ठूलो जनधनको क्षति हुन पुग्यो ।

सरकारले दिवसका अवसरमा भूकम्पले भौतिक संरचना भत्काएको पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा निश्चित मानिस मात्र भौतिकरूपमा उपस्थित हुने र अरु सबैलाई भर्चुअल माध्यमबाट सहभागी हुन आह्वान गरिएको छ ।

कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवा, गृहमन्त्री बालकृष्ण खाँण र सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले भर्चुअल माध्यमबाट सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal