आज :

नेकपाका युवा नेता अबिरल चन्दलाई पितृशोक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका युवा नेता अविरल चन्दलाई पितृशोक परेको छ । अबिरलका बुवा पदमबहादुर चन्दको अछाम पञ्चदेवल विनायक नगरपालिका–५ लयटीस्थित आफ्नै घरमा निधन भएको हो । अबिरलका अनुसार सोमबार निधन भएको थियो ।

केही दिनदेखि झाडा पखलासँगै स्वास्थ्यमा समस्या देखिएका चन्दको ९० वर्षको उमेरमा सोमबार साँझ ७ बजेतिर निधन भएको परिवारले जनाएका छन् ।

ठकुरी परिवारमा जन्मिएर पनि गरिब दुःखीको सेवा गर्नुपर्छ भन्ने भावना राख्ने स्व. पदमले आफ्ना छोरालाई पनि त्यसैमा प्रेरित गर्दै आइरहेका थिए । उनका श्रीमतीसँगै तीन छोरा र तीन छोरी छन् ।

छोराहरु सर्जन र जयबहादुर चन्द प्राध्यपनमा छन् भने अबिरल राजनीतिमा । छोरीहरु हस्ताना, धनसुपा र देउधरी शाहीले विवाह गरिसकेकी छन् । बुबाकै प्रेरणाले आफू जनताको मुक्ति आन्दोलनमा सहभागी भएको अबिरल बताउँछन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal