आज :

राष्ट्रिय सभा निर्वाचनः उम्मेदवारविरुद्ध आज उजुरी गर्न पाइने

काठमाडौँ । राष्ट्रिय सभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने छ । माघ १२ गते हुने चुनावको लागि मंगलबार
सत्ता गठबन्धन र प्रमुख प्रतिपक्ष नेकपा एमालेसहित ४३ जना उम्मेदवारले मनोनयन दर्ता गरेका थिए ।

निर्वाचन आयोगका अनुसार आज उम्मेदवारविरुद्ध उजुरी परे २२ र २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै २४ गते उम्मेदवारले नाम फिर्ता लिने र २५ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने आयोगले जनाएको छ । सोही दिन उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।

अन्तिम नामावलीमा परेका उम्मेदवारको पक्ष विपक्षमा माघ १२ गते तोकिएको मतदान केन्द्रमा बिहान ९ बजेदेखि अपराह्न ३ बजेसम्म मतदान हुने आयोगले जनाएको छ । राष्ट्रिय सभाका २० सांसद चारवर्षे कार्यकाल पूरा गरी आगामी २० फागुनबमा बिदा हुँदै छन् । २० जनामध्ये एकजना राष्ट्रपतिबाट मनोनीत हुनेछन् भने १९ जनाका लागि निर्वाचन हुनेछ ।

आयोगका अनुसार प्रदेश १ बाट तीन, प्रदेश २ बाट दुई, बागमतीबाट दुई, गण्डकीबाट तीन, लुम्बिनीबाट तीन, कर्णालीबाट तीन र सुदूरपश्चिमबाट तीन जना निर्वाचित हुनेछन् । जसमा एमालेले १९ वटै सिटमा उम्मेदवारी दर्ता गराएको छ ।

सत्तारुढ गठबन्धनले १९ सिटमा साझा उम्मेदवार उठाएको छ । काँग्रेसले ६ सिट लिएको छ भने माओवादी र एकीकृत समाजवादीले ५–५ सिट पाएका छन् । जसपाले २ र राजमोले एक सिट गरी पाँच दलीय गठबन्धनले १९ सिटमा तालमेल गरेका छन् ।

महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले १ र नेपाल मजदुर किसान पार्टीले दुई सिटमा उम्मेदवार उठाएका छन् । यद्यपि निर्वाचनमा भने सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी एमालेबीच प्रतिस्पर्धा देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal