आज :

केएमसीले छात्र सहानीको मृत्यु घटना लुकाउन खोज्यो, क्रान्तिकारीले दियो ३ दिने अल्टिमेटम 

काठमाडौं । अनेरास्ववियु (अखिल क्रान्तिकारी) ले काठमाडौं मोडेल कलेज (केएमसी) को गम्भीर लापरवाहीका कारण छात्र सुशिल सहानीको मृत्यु भएको दुई हप्ता हुँदा समेत सत्यतथ्य सार्वजनिक नगरेको भन्दै आपत्ति जनाएको छ ।

अखिल क्रान्तिकारीका काठमाडौं इन्चार्ज गोविन्द विष्ट र संयोजक हस्त बिकद्वारा हस्ताक्षर गरेको ज्ञापनपत्र बुझाउँदै कलेजको गम्भीर लापरवाहीका कारण अध्ययनरत १८ वर्षीय छात्र शुसिल सहानीको मृत्यु भएको र दुई हप्ता बितिसक्दा पनि घटनाको सत्यतथ्य सार्वजनिक नगरेको भन्दै अखिल क्रान्तिकारीले ध्यानाकर्षण भएको जनाएको छ ।

कलेजको होस्टेलमा बाथरुपममा भेन्टिलेशनको व्यवस्था नहुनु, अवस्था ठिक नभएको गिंजर प्रयोग गर्न लगाएकोले एक महिनाभित्र चार जना विद्यार्थीको अवस्था गम्भीर हुँदा समेत कलेज प्रशासन गम्भीर नएको अखिल क्रान्तिकारीले जनाएको छ ।

कलेजले विद्यार्थीसँग चर्को शूल्क असुल्ने तर सुविधा सम्पन्न उपचार कक्षको समेत व्यवस्था नहुनु प्रशासनको गैरजिम्मेवारीपन भएको ज्ञापनपत्रमा भनिएको छ ।

मंगलबार कलेज प्रशासनलाई चार बुँदे ज्ञापनपत्र बुझाउँदै आफ्ना मागहरु पूरा नगरे आन्दोलनका कार्यक्रम सार्वजनिक गर्न बाध्य हुने चेतावनी दिएको छ । कलेज प्रशासनले घटना ढाकछोप गर्न खोजेको अखिल क्रान्तिकारीले बताएको छ ।


 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal