आज :

पुस २५ गते माओवादी केन्द्रको पदाधिकारीले पूर्णता पाउने, महासचिवमा मुख्य प्रतिस्पर्धा

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) को अध्यक्षमा फेरि प्रचण्डलाई निर्विरोध निर्वाचित भएका छन् । महाधिवेशनबाट २९९ मध्ये २३६ जना चयन गरेको केन्द्रीय समिति बैठकले प्रचण्डलाई पुनः अध्यक्षमा निर्वाचित गरेको हो ।

सोमबार ललितपुरको सानेपास्थित एक पाटीप्यालेसमा भएको बैठकले अन्य पदाधिकारी भने चयन गर्न सकेन । बैठकमा नारायणकाजी श्रेष्ठले अध्यक्षमा प्रचण्डलाई पुनः अध्यक्षका लागि प्रस्ताव गरेका थिए भने लगत्तै हलले प्रचण्डलाई सर्वसम्मत अध्यक्ष चयन गरेको घोषणा गरेको थियो ।

हिजै पदाधिकारीको टुंगो लगाउने भनिएपनि पहिलो बैठक स्थगित गरियो । अध्यक्षबाहेकका पदाधिकारीमा सहमति नजुटेपछि अध्यक्ष प्रचण्डले बैठक २५ गतेसम्मको लागि स्थगित गरे । मुख्यगरी महासचिवमा सहमति नजुटेको हो ।

महासचिवमा जनार्दन शर्मा, शक्ति बस्नेत र देव गुरुङले दाबी गरिरहेका छन् । बरु चुनावमा जाने तर कसैले छोड्न तयार नभएपछि सहमतिको लागि प्रचण्डले बैठक स्थगित गरेको बताइएको छ ।

अध्यक्ष प्रचण्डले नेता वर्षमान पुन छिटै नेपाल फिर्ता हुन लागेको जानकारी गराउँदै त्यतिबेलासम्मको लागि भन्दै बैठक स्थगित गरेका थिए । माओवादी नेताहरुका अनुसार २५ गतेको बैठकले पदाधिकारीसँगै मनोनय गर्न बाँकी ६३ जनाको पनि टुंगो लगाउने बताएका छन् ।

माओवादी केन्द्रले अध्यक्ष, उपाध्यक्ष, महासचिव, उमहासचिव, सचिवसहित १५ पदाधिकारी निर्वाचित गर्नेछ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal