आज :

आजबाट कोरोना भाइसरविरुद्धको खोपको अतिरिक्त मात्रा दिन सुरु, कसले लगाउन पाउँछन् ? 

काठमाडौं । सरकारले आजबाट कोरोना भाइरसविरुद्धको खोपको अतिरिक्त मात्रा लगाउन सुरु गर्ने जनाएको छ । रोग प्रतिरक्षा प्रणाली कमजोर भएका व्यक्तिलाई आजदेखि खोपको अतिरिक्त मात्रा दिने लागिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार कोरोनाविरुद्धको खोपको पूर्ण मात्रा लगाएको तीन महिना पूरा भएका व्यक्तिहरूलाई थप एक मात्रा खोप दिन लागेको हो । अतिरित्त मात्रा खोप मध्यम तथा गम्भीर रूपमा रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्ति, सक्रिय क्यान्सर पीडित, अङ्ग प्रत्यारोपण गरेका बिरामी, एचआईभी भएका बिरामी र उपचारका क्रममा रोग प्रतिरोधात्मक क्षमता कम गराउने औषधिहरू प्रयोग गरिरहेका बिरामीले पाउने छन् ।

यस्तै भेरोसेल वा सिनोफार्म खोप लगाएका ६० वर्षभन्दा माथि उमेरका समूहका व्यक्तिले पनि अतिरिक्त खोप लगाउन पाउने स्वास्थ्य मन्त्रालयले जनाएको छ । यसअघि जुन खोप लगाएको हो, अतिरिक्त मात्रामा पनि त्यही खोप दिइनेछ ।

यो खोप बुस्टर डोज नभइ कमजोर स्वास्थ्य भएका व्यक्तिलाई दिने अतिरिक्त मात्रा भएको पनि मन्त्रालयले जनाएको छ । मन्त्रालयले सूचना निकालेर लक्षित व्यक्तिहरूले खोप कार्डसहित नजिकैको स्वास्थ्य संस्थामा गइ थप मात्रा खोप लगाउन अनुरोध गरेको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal