काठमाडौँ । पुल्लेतोलाबाट आएर काठमाडौँमा बसोबास गर्दै आएका व्यक्तिहरुले दुर्गा कालिका सेवा समाज गठन गरेका छन् । शनिबार काठमाडौँमा भएको भेलाले समाजको गठन गरेको हो ।
अध्ययन, पेशा तथा व्यापारको सिलसिलामा अछामको पञ्चदेवल विनायक नगरपालिका वडा वनं. ७ पुल्लेतोलाबाट आएर काठमाडौँमा बासोबास गर्दै आएका व्यक्तिहरुले समस्यामा परेका र नयाँ कार्य गर्न खोज्नेलाई सहयोग गर्ने उद्देश्यले समाजको गठन गरेका हुन् ।
संवाद डबलीमा भएको भेलाले दिपेन्द्र रावलको अध्यक्षतामा ९ सदस्यीय कार्यसमिति समेत चयन गरेको छ । समाजको उपाध्यक्षमा तपेन्द्र रावल, सचिव कृष्णबहादुर रावल, कोषाध्यक्ष पुरन रावललाई चयन गरिएको छ भने सदस्यहरुमा सुरत रावल, तपेन्द्र रावल, हिमाल रावल, तपेन्द्र रावल र उमेश रावल रहेका छन् ।
भेलाले उजिरसिंह रावल, लोकेन्द्र रावल, धनबहादुर रावल, डम्बर बहादुर रावल, गोविन्द्र रावल, धर्म रावल, संजय रावललाई सल्लाहकारमा चयन गरेको छ ।
समाजले सदस्यहरुको संख्या बढाउने र आफ्ना सदस्यहरुलाई सहयोग गर्ने उद्देश्यले मासिक बचत समेत गर्ने निर्णय गरेको छ । उक्त रकम समस्या पर्दा सहयोग गर्ने सचिव कृष्णबहादुर रावलले जानकारी दिए । उनले विभिन्न सिलसिलामा काठमाडौँमा बसोबास गर्दै आएकोहरु समाजको सदस्य बन्न सक्ने बताए । त्यस्तै, अविश्यमा अन्य क्षेत्रमा समाजलाई विस्तार गर्दै लैजाने समेत बताए ।