आज :

भारतले चोर्‍यो चीनको ड्याक्सिङ अन्तर्राष्ट्रिय एयरपोर्टको इन्जिनियरिङ, दुबै एयरपोर्टको फोटोसहित  

काठमाडौं । भारतले चीनको अन्तर्राष्ट्रिय विमानस्थलको इन्जिनियरिङ चोरी गरेर विमानस्थल बनाएको छ । भारतले विश्वको चौथो ठूलो इन्टरनेशनल एयरपोर्ट भनेर दावी गरेको विमानस्थलको विहीबार मात्रै उद्घाटन गरेको छ ।

चीनको बेजिइङस्थित ड्याक्सिसङ अन्तर्राष्ट्रिय एयरपोर्टको इन्जिनियरिङ चोरी गरेर भारतले उत्तरप्रदेशको जेवन एयरपोर्ट बनाएको छ । उक्त एयरपोर्टको एक कार्यक्रमबीच प्रधानमन्त्री नरेन्द्र मोदीले उद्घाटन गरेका छन् । उद्घाटन गरेर फोटो सार्वजनिक भएपछि भारतले इन्जिनियरिङ चोरी गरेको पुष्टि भएको हो ।

भारतले सार्वजनिक गरेको फोटो ड्याक्सिङ एयरपोर्टको दुरुस्त छ । गूगलमा पनि जेवर जेवर एयरपोर्ट सर्च गरेपछि चीनको ड्याक्सिङको फोटो देखाउँछ । चीनले यसको विरोध जनाएको छ । चिनियाँ संचारमाध्यमहरुले भारतले आफ्नो इन्जिनियरिङ चोरी गरेको आरोप लगाएका छन् ।

चीनको सरकारी ग्लोबल टेलिभिजन नेटवर्कका अधिकारी शेन शेवेईले जेवार एयरपोर्टको नामबाट शेयर गरिएको फोटो भारतले आफ्नो विमान स्थलको इन्जिनियरिङ चोरी गरेको बताएका छन् ।

‘भारतीय सरकारी अधिकारीहरूले आफ्नो उपलब्धिको रूपमा चीनको बेइजिङ ड्याक्सिङ अन्तर्राष्ट्रिय विमानस्थलका तस्बिरहरू प्रयोग गरेको थाहा पाउँदा छक्क परेको छु’ शेनले फोटो शेयर गर्दै लेखेका छन् ।

यसबारे भारतले भने औपचारिक रुपमा केही बताएको छैन । जेवार एयरपोर्टको फोटो ड्याक्सिङ जस्तै देखिन्छ  हुबहु देखिएपनि यसबारे भारतीय संचारमाध्यम मौन बसेका छन् । सार्वजनिक भएको फोटोजस्तै जेवार एयरपोर्ट बनाएकै हो भने भारतले चीनको बौद्धिक चोरी गरेको गरेको हुनेछ ।

यो फोटो मोदीले उद्घाटन गरेको जेवार एयरपोर्ट भन्दै भारतले सार्वजनिक गरेको हो । गूगलमा जेवार एयरपोर्ट टाइप गर्दा यो फोटो देखिन्छ ।

यो चीनको राजधानीमा रहेको ड्याक्सिङ एयरपोर्ट हो ।

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal