आज :

एमाले अधिवेशनः बन्दसत्र सुरु, उम्मेदवारी फिर्ता नलिने रावलको घोषणा, नेम्वाङले गरे ओलीको प्रस्ताव अस्वीकार

काठमाडौं । नेकपा एमालेको बन्दसत्र सुरु भएको छ । विहान १० बजेको लागि तय भएको बन्दसत्र पाँच घण्टा ढिला सुरु भएको छ ।

बन्दसत्रको संचालन महासचिव इश्वर पोखरेलले गरेका छन् । अहिले विदेशी पाहुनाहरुले शुभकामना दिइरहेका छन् । भारतीय मार्क्सवादीका प्रतिनिधिले सम्बोधन गरिरहेका छन् । उनले भारतमा तानाशाही सरकार रहेको भन्दै त्यसविरुद्ध श्रमजीवि वर्गले संघर्ष गरिरहेको बताए ।

विदेशी पाहुनको शुभकामना सम्बोधन सकिएपछि अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

यसैबीच अध्यक्षमा उम्मेदवारी दिएका उपाध्यक्ष भीम रावलले फिर्ता नलिने बताएका छन् । सहमतिमा नेतृत्व चयन गर्न ओलीले पदाधिकारी थप्ने निर्णय गराएपनि रावलले उम्मेदवारी फिर्ता नलिने बताएका छन् ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षको दाबी गरिरहेका सुवासचन्द्र निम्वाङले पनि सहमतिमा आएका छैनन् । ओलीले वरिष्ठ उपाध्यक्ष रावललाई दिएर सहमति जुटाउन नेम्वाङलाई राष्ट्रपतिको उम्मेदवार बनाउने आश्वास दिएका थिए तर उनले मानेका छैनन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal