आज :

कानून विपरित आमसंचार क्षेत्रमा रामदेवको लगानी फिर्ता गर्न श्रमजिवी पत्रकार संघको चेतावनी

काठमाडौं । श्रमजीवी पत्रकार संघ नेपालले भारतीय योगगुरु रामकृष्ण यादव (रामदेव) ले नेपाली कानूनले बन्देज लगाएको आमसंचार क्षेत्रमा गरेको लगानी फिर्ता नलिए आन्दोलन गर्ने चेतावनी दिएको छ । प्रविधि हस्तान्तरण ऐन-२०७५ ले पत्रकत्रिका, रेडियो, टेलिभिजन र अनलाइनमा विदेशी लगानी बन्देज लगाएको भएपनि यादवको लगानीमा दुईवटा टेलिभिजन च्यानल उद्घाटन गरिएकोमा संघले विरोध समेत जनाएको छ ।

यादवको लगानी रहेको भारतको हरिद्वारस्थित पतञ्जली आयुर्वेदले नेपालमा लगानी रहेका दुईवटा टिभी च्यानलको प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गरेका थिए । यादवले भारतमा संचालन भइरहेका टिभी च्यानको नामको पछाडि ‘नेपाल’ थपेर ‘आस्था’ र पतञ्जली नेपाल नामका दुईवटा टिभी च्यानल नेपालमा संचालमा ल्याएका हुन् ।

संघका अध्यक्ष जन्मदेव जैसी र महासचिव धनन्जय बुढाले आइतबार विज्ञप्ति जारी गरेर कानूनको धज्जी उठाउँदै आमसंचार क्षेत्रमा भारतीय लगानी र दर्ता नभएका टिभी च्यानल प्रधानमन्त्रीले उद्घाटन गर्नु आपत्तिजनक विषय भएको समेत बताएका छन् ।

‘आमसंचार नीति २०७३ मा भौतिक पूर्वाधारको क्षेत्रमा ४९ प्रतिशत विदेशी लगाउन मात्र पाउने व्यवस्था गरिएको थियो । तर, २०७५ मा ल्याइएको ऐनमा सञ्चार क्षेत्रमा कुनैपनि विदेशी लगानीलाई पूर्ण रूपमा निषेधित गरिएको छ । भारतीय लगानीमा कानूनले बन्देज लगाएको क्षेत्रमा दर्ता विनै टिभी च्यानलको प्रधानमन्त्रीले गर्नु आपत्तिजनक कुरा हो । यसको हाम्रो संगठन घोर विरोध जाहेर गर्दछ’ विज्ञप्तिमा भनिएको छ ।

आमसंचार क्षेत्रमा विदेशी लगानीले नेपालको सार्वभाैमिकतामाथि समेत धावा बोल्ने भन्दै विज्ञप्तिमा तत्काल लगानी फिर्ता नगरे संघले चरणवद्ध संघर्षका कार्यक्रम सार्वजनिक गर्ने चतेवनी दिएको छ ।

यस्तो छ विज्ञप्ति

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal