News Portal

  • निगम र संयुक्त विद्यार्थी संगठनबीचको वार्ता असफल, संवाद डबलीमा संयुक्त पत्रकार सम्मेलन हुँदै

    डबली संवाददाता२०७८ कात्तिक २९ गते
    ८१ पटक

    काठमाडौँ । नेपाल आयल निगम र संयुक्त विद्यार्थी संगठनहरुबीचको वार्ता असफल भएको छ । पेट्रोलियम पदार्थको मूल्यवृद्धिविरुद्ध आन्दोलनरत विद्यार्थी संगठन र निगमका पदाधिकारीबीच उद्योग तथा वाणिज्य मन्त्रालयमा वार्ता भएको थियो ।

    निगमले अहिलेको अवस्थामा पनि घाटा रहेको भन्दै मूल्यवृद्धि फिर्ता तयार भएन र विद्यार्थी संगठनहरु पनि आन्दोलन फिर्ता लिन तयार नभएपछि वार्ता असफल भएको हो ।

    विद्यार्थी नेताहरु र निगम पदाधिकारीहरुले अब कसरी अगाडि बढ्ने भन्नेबारेमा आफ्ना धारणा सार्वजनिक गर्न संवाद डबलीमा पुगेका छन् ।

    प्रतिकृया दिनुहोस्