आज :

टी-२० विश्वकपः अस्ट्रेलियाले पहिलो पटक जित्य उपाधि, १७ लाख ६० हजार डलर पुरस्कार  

काठमाडौं । अस्ट्रेलियाले पहिलो पटक टी-२० विश्वकप जितेको छ । न्युजिल्यान्डलाई ८ विकेटले हराउँदै अस्ट्रेलिया पहिलो पटक टी-ट्वान्टी विश्व च्याम्पियन भएको छ।

युएईको दुबई अन्तर्राष्ट्रिय स्टेडियममा आइतबार राति सम्पन्न फाइनलमा न्युजिल्यान्डले दिएको १७३ रनको लक्ष्य अष्ट्रेलियाले मात्र २ विकेट गुमाएर ७ बल बाँकी छँदै पुरा गर्‍यो।

उपाधिसँगै अस्ट्रेलियाले १७ लाख ६० हजार डलर पुरस्कार रकम हात पारेको छ । यसपटक टी-२० विश्वकप विजेता र अन्य पुरस्कारमा आईसीसीले ५६ लाख डलर पुरस्कार राशि राखेको थियो।

यस्तै पहिलो पटक टी-२० विश्वकपको फाइनलमा पुगेको उपविजेता न्युजिल्यान्डले ९ लाख ६० हजार डलर हात पार्‍यो। प्रतियोगिताको सेमिफाइनलबाट बाहिरीएको पाकिस्तानले ६ लाख डलर र इंग्ल्यान्डले ५ लाख ६० हजार डलर पाए।

यस्तै सुपर-१२ चरणबाट बाहिर भएका ८ वटा टोलीले समान ७०-७० हजार डलर पाए। यस बाहेक सुपर-१२ चरणमा एउटा जितको लागि हरेक टिमले समान ४०-४० हजार डलर पुरस्कार थप पाए।

यस्तै समूह चरणमा प्रत्येक खेलको जितको लागि टिमहरुले प्रति खेल ४०-४० हजार डलर र बाहिरिँदा ४०-४० हजार डलर पुरस्कार पाएका थिए।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal