
काठमाडाै । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सर्वोच्च अदालत प्रवेश रोक्न कानुन व्यवसायीहरुको धर्ना सुरु भएको छ । जबराको राजिनामा माग्दै आन्दोलनरत कानुन व्यवसायीले आज दुबै प्रवेशद्वारमा धर्ना दिएका छन् ।
शुक्रबार पनि जबरालाई सर्वोच्च प्रवेशमा रोक लगाउने भन्दै कानुन व्यवसायीले धर्ना दिएका थिए तर जबरा अर्को गेटबाट भित्र प्रवेश गरेका थिए । आज प्रवेश रोक्न नेपाल बार एशोसिएसनको अगुवाइमा बिहान साढे ९ देखि धर्ना सुरु भएको हो ।
आजको आन्दोलनमा सरकारले प्रहरी परिचालन गरेर हस्तक्षेप गरे बार एसोसिएसन हस्तक्षेप गर्नेविरूद्ध जाने अध्यक्ष चण्डेश्वर श्रेष्ठले बताए । राणालाई प्रधानन्यायाधीशका रूपमा सर्वोच्च अदालत छिर्न हामीले निषेध गरिसकेको बताउँदै बारले उनलाई प्रधानन्यायाधीशका रूपमा नमानेको श्रेष्ठले बताए ।
यसैबीच जबराको पक्षमा विभिन्न क्षेत्रका नागरिकको अगुवाइमा माइतिघरमा प्रदर्शनको तयारी भइरहेको छ । बारमा अवद्ध केही कानुन व्यवसायीहरुनै जबराको पक्षमा छन् ।
सामाजिक क्षेत्रका अगुवासहित जबराको पक्षमा ससाना आवाज उठिरहेका थिए तर आजको प्रदर्शन यसअघिका भन्दा विशाल हुने बताइएको छ ।