आज :

आजबाट दीर्घ रोगीलाई कोरोनाविरुद्धको फाइजर खोप लगाइँदै, कुनकुन रोगबाट पीडितले लगाउने ?

काठमाडौं । आजबाट कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाइँदैछ । सरकारले १२ वर्षमाथिका दीर्घ रोगीलाई देशभरका विभिन्न अस्पतालहरुमा खोप लगाइने भएको छ ।

खोप अभियान म‌ंसिर चार गतेसम्म चल्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । १२ वर्षमाथिका आठ प्रकारका दीर्घ रोग भएका व्यक्तिहरुलाई सरकारले फाइजर खोप दिन लागेको हो।

खोप लगाउनका लागि सरकारले देशभर २४ वटा अस्पताल तोकेको छ । यसअघि कोभिड विरुद्धको खोप लगाएका कतिपय खोप केन्द्रमा यसपालि केन्द्र बनाइएको छैन । तोकिएका अस्पतालमा मात्रै फाइजर खोप लगाउन पाइनेछ ।

खोप विहान १० बजेदेखि बेलुकी ४ बजेसम्म खोप लगाउन पाइनेछ । खोप लगाउन जाँदा अस्पताल वा डाक्टरले सिफारिस गरेको दीर्घ रोगको उपचारसम्बन्धी पुर्जा लिएर जानुपर्नेछ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार खोपको दोस्रो मात्रा मङ्सिर २७ गतेदेखि पुस २ गतेसम्म सञ्चालन हुनेछ ।

स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखा अन्तर्गत खोप शाखाका प्रमुख सागर दाहालका अनुसार कोभ्याक्स सुविधामार्फत आएको फाइजर खोप करिब ५० हजार दीर्घ रोगीले पाउने छन् । खोप बचत भएमा खोप लगाउन बाँकी रहेका दीर्घरोगीलाई प्राथमिकतामा राखी मंसिर ५ देखि ७ गतेसम्म १२–१७ वर्ष उमेर समूहका नागरिकलाई उपलब्ध गराउने सरकारको योजना छ । नेपालले कोभ्याक्स सुविधामार्फत सहयोग स्वरुप कार्तिक ९ गते फाइजर बायोएनटेक एक लाख ६२० मात्रा प्राप्त गरेको हो ।

खोप कसले पाउने ?

१२ वर्षमाथिका निम्न दीर्घ रोग भएका बिरामी । लामो समयदेखि मुटुका बिरामी भइ अप्रेसन गरेका वा औषधि प्रयोग गरिरहेका व्यक्ति । लामो समयदेखि मिर्गौलाको समस्या भइ मिर्गौला फेरेका, डायलाइसिस गराइरहेका, औषधि खाइरहेका बिरामी । जुनसुकै प्रकारको क्यान्सरको पहिचान भइ अप्रेसन गरेका तथा उपचारमा रहेका बिरामी । लामो समयदेखि छातीको समस्या भइ चिकित्सकको पुर्जा बमोजिम औषधि खाइरहेका बिरामी । अङ्ग प्रत्यारोपण गरेका व्यक्ति । लामो समयदेखि कडा खालको उच्च रक्तचाप र मधुमेह भइ डाक्टरको निगरानीमा उपचार गराइरहेका बिरामी । कुनै पनि कारणबाट रोग प्रतिरोधात्मक क्षमता कम भएको अवस्थाका व्यक्ति । मस्तिष्क र मस्तिष्कका रक्तनलीसम्बन्धी रोग भएका व्यक्तिले यो लगाउन मिल्नेछ ।

त्यसैगरी फाइजर खोप कोभिड-१९ विरुद्धको अन्य कुनै खोप लगाएका व्यक्तिले यो खोप लगाउनु हुँदैन । त्यस्तै, १२ वर्षभन्दा कम उमेर भएका व्यक्तिले पनि याे खोप लगाउनु हुँदैन ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal