आज :

गणतन्त्र स्थापनापछि पहिलो राष्ट्रिय जनगणना आजबाट सुरु, कालापानी-लिपुलेकमा पनि गणना गरिने 

काठमाडौं । आजबाट राष्ट्रिय जनगणना आजदेखि सुरु हुने भएको छ । ‘मेरो गणना मेरो सहभागिता’ भन्ने नाराका साथ १२ औँ राष्ट्रिय जनगणना सुरु हुन लागेको हो ।

पहिलो गणना राष्ट्रपति विद्यादेवी भण्डारीकोको परिवारको गरिने केन्द्रीय तथ्यांक विभागले जनाएको छ । त्यसपछि उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री शेरबहादुर देउवाको जनगणना गरिने भएको छ ।

आजदेखि मंसिर ९ गतेसम्म १५ दिन चल्ने जनगणनाका लागि देशभर झण्डै ४० हजार गणक र ८ हजार ५ सय सुपरिवेक्षकहरु परिचालन भएको केन्द्रीय तथ्याङ्क विभागले जनाएको छ ।

जनगणनाका लागि ८० वटा प्रश्नावली बनाइएको छ । गणकले घरपरिवारमा पुगेर प्रश्न सोध्नेछन् । हरेक व्यक्ति र परिवारले जनगणनामा सहभागी भएर आफ्नो सही विवरण दिन तथ्याङ्क विभागले आग्रह गरेको छ । जगणनामा सोधिने प्रश्नको उत्तर गोप्य रहने तर विवरण नदिनेमाथि कानुनी कारबाही हुने तथ्याङ्क विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले बताए ।

भारतले अतिक्रमण गरेसँगै लामो समयदेखि छुटेको कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रको जनगणना पनि यस हुने भएको छ । महानिर्देशक श्रेष्ठले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रमा सकेसम्म भौतिक रुपमा र नभए स्याटेलाइटका माध्यमबाट अनुमानित जनसङ्ख्या निकाल्ने बताए ।

नेपालको यो क्षेत्रमा भारतले गणना गर्न नदिने तयारीका साथ सुरक्षाकर्मी परिचालन गरेको समाचार आइरहेको बेला विभागले जसरी पनि गणना गर्ने बताएको छ । जाडो छल्न सो क्षेत्रका बासीहरु बेसी झरिसकेका छन् र कोही व्यापारमा निस्किएका छन् ।

यसअघि गएको भदौ ३० देखि कात्तिक १८ गतेसम्म घर तथा घरपरिवार सूचीकरण गरिएको थियो ।

जनगणनाका लागि सरकारले ४ अर्ब रुपैयाँ बजेट छुट्याएको छ । जनगणनाको प्रारम्भिक नतिजा आउन झण्डै तीन महिना लाग्ने अनुमान छ । नेपालमा हरेक १० वर्षमा जनगणना हुँदै आएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal