आज :

सरकारी कर्मचारीकोे हर्कतः पदकोे दुरुपयोग गर्दै अर्काको २६ रोेपनी जग्गा आफ्नो नाममा

खोटाङ । खोटाङको रावावेसी गा.पा. ४ स्थायी घर भएका सम्मर बहादुर निरौलाले पदको दुरुपयोग गरि अरुको नाममा भएको २६ रोपनी जग्गा आफ्नो नाममा गरेको खुलेको छ । हाल सुनसरीकोे इटहरी न.पा. वडा न. ८ वसोवास गर्दै आएका निरौला तत्कालिन समयमा खोटाङ जिल्ला साविक डुम्रेधारापानी गा.वि.स.वडा नम्बर ७, हाल परिवर्तित रावावेसी गा.पा. वडा न. ४ मा तत्कालिन समयमा वडा सचिवको रुपमा कार्यरत निरौलाले पदिय अख्तियार दुरुपयोग गरी सो कार्य गरेको पीडितले बताएका छन् ।

खोटाङ जिल्ला डुम्रेधारापानी गा.वि.स वडा न. ६ (हाल रावावेसी गापा वडा न.४) स्थित जग्गा धनी कैलाश रमण पोखरेलको नाउका क्रमशः कित्ता नम्बर ८८९,९१३,९२१ र ९३४ चार कित्ता जम्मा क्षे.फ २६–६–२–३ (२६ रोपनी) जग्गाहरु मालपोत कार्यालय खोटाङका कर्मचारीलाई प्रभाव–प्रलोभनमा पारी मिलेमतो गरी किर्ते जालसाज गैरकानुनी बाटोबाट आफ्नो नाउमा दर्ता गरी लगेको स्थानीय बताउँ छन् ।
सो क्षेत्रमा बन्ने दूधकोशी जलासययुक्त आयोजनाले जग्गा प्राप्ती गर्ने सम्बन्धी सुचना जिल्ला प्रशासन कार्यालय खोटाङ मार्फत मिति २०७८/३/२३ मा सुचना प्रकाशित गरेपछि सो भेद खुल्न आएको अनलाइन डबलीसँग स्रोतले बताएको हो ।

सम्बन्धित जग्गा धनी स्वर्गिय कैलाश रमण पोखरेलका छोराले अनलाइन डबलीसँग कुरा गर्दै भने, “दूधकोशी जलासययुक्त आयोजनाको सूचना हेर्दा जग्गा धनि अर्कै तर कित्ता चै हाम्रो देखिएको र त्यसमा के कसो हो, सत्य तथ्य बुझ्न मालपोत कार्यालय खोटाङमा मिति २०७८/५/२७ मा निबेदन माग गरी हेर्दा निज सम्मर बहादुर निरौलाले हाम्रो जग्गा किर्ते जालसाज गरी उनको नाममा दूषित दर्ता गरी लगेका रहेछन् ।”

उनले थपे,“उक्त जग्गाहरु निज सम्मर बहादुर निरौलाले आयोजनाबाट ठूलो रकम मुवाब्जा पाउने लोभ र लाभमा गैर कानुनी तबरले अर्काको नाउको जग्गा आफ्नो नाउमा दर्ता गरेको प्रष्ट हुन आउछ, यसरी गैर कानुनि कार्य गर्ने निज निरौलालाई कानून बमोजिम कडा भन्दा कडा कारबाहिसमेत हुनु पर्छ ।” ‘जग्गा धनि कैलाश रमण पोखरेलको २०६२/१०/२३ मा मृत्यु भएको र पोखरेल परिवार लामो समय देखी काठमाण्डु र विराटनगर बस्ने गरेकाले त्यसको गैर लाभ निज निरौलाले लिन सफल भएको देकिन्छ’ एक स्थानियले अनलाइन डबलीलाई बताए । उक्त जग्गा कैलाश रमण पोखरेलको हो भन्ने कुरा सम्बन्धित वडा कार्लयको लगत र २०७५/११/२१ मा जग्गा धनीको नाममा तिरो तिरेको रसिदले समेत प्रष्ट देखाउछ ।

२०६२ साल असारमा मालपोत कार्यालय खोटाङमा तत्कालिन जनयुद्ध कालमा माओवादीको आक्रमणमा परी पुर्णरुपमा सम्पुर्ण कागजात जली नष्ट भएको कुरा मालपोत कार्यालय खोटाङका एकजना कर्मचारीले बताए । ती कर्मचारीका अनुसार कागजातहरु पुर्णरुपमा नष्ट भएको कुरालाई मध्य नजर गरी मौका छोपी एउटा निवेदन र नागरिकताको प्रतिलिपीको भरमा निज सम्मर बहादुर निरौलाले पोखरेलको जग्गा आफ्नो नाउमा गैरकानुनी तरिकाले दर्ता गराएका रहेछन् । सो कुरा मालपोत कार्यालय खोटाङमा रहेको मिसिल हेर्दा प्रष्ट देखिन्छ ।

निज सम्मर बहादुर निरौलाले २०७५ साल फागुन २१ गते पोखरेलको जग्गा किर्ते जालसाज गरी आफ्नो नाउमा श्रेस्ता कायम गराएका छन । उक्त श्रेस्ता कायम गर्दा निजले २०६१ सालमा पास गरेको भनि कैफियतमा मिति २०६१ साल उल्लेख गरेको पाइन्छ । नेपाली युक्ति ‘चोरले दसि छाडेर जान्छ’ भने जस्तै २०७५ साल सम्म जग्गा धनी पोखरेलका नाउमा तिरो तिर्ने २०६१ मा निरौलाले जग्गा पास गर्ने कुराको तादाम्यता मिलेको देखिन्दैन । २०७५/११/२१ मा जग्गा धनी पोखरेलको नाउमा तिरो तिरेको दषि प्रमाणबाट उक्त जग्गा २०७५ साल सम्म पोखरेलकै हो भन्ने कुरा प्रष्ट हुन्छ ।

यस बारेमा निज निरौलालाई सम्पर्क गर्दा पोखरेलबाट खरिद गरी लिएको जबाफ दिन्छन । जग्गा धनी पोकरेलको मृत्यु २०६२ मा भएको र निजका हकवाला छोराले आफ्नो जग्गा खोजि गर्दा निज निरौलाले किर्ते जालसाज गरी लगेको हो भनि अनलाइन डबलीलाई बताउछन् । यसै विषयलाई लिएर जग्गा धनी पोखरेलका हकवाला छोराहरुले खोटाङ जिल्ला अदालतमा उक्त जग्गाको दुषित दर्ता लिखत बदर मुद्दा समेत दायर गरेका रहेछन् । निज निरौलाले भने जस्तो खरिद गरेको भए पोखरेलले उनि विरुद्द दुषित दर्ता बदर मुद्दा कसरी दायर गर्न सकदछन् ।

यसबाट के प्रस्ट हुन जान्छ भने जग्गा धनी पोखरेलले उक्त जग्गा हक छाडी निजलाई नदिएको, निरौलाले २०६१ सालमा पास गरेको भनि २०७५ सालमा कायम गरेको श्रेस्तामा मिति किर्ते गरी सल्लेख गरेको समेत हकवालाले बताए । २०७५ सालसम्म लगत कायम रहेको,तिरो समेत तिरेको पोखरेलको पिता–पुर्खाको पुर्ख्यौली जग्गा निज निरौलाले आफु पदमा रहेको बेला पदिय अख्तियारी दुरुपयोग गरी भविष्यमा बन्दै गरेको आयोजनाबाट मुआब्जा पाउने लोभलाभ देखी अर्काको नाउको जग्गा आफ्नो नाउमा किर्ते जालसाज गरी दर्ता गरेको पाईन्छ ।

 

 

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal