काठमाडौं । विवादित अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एसीसी) को हेटौंडामा रहेको एमसीए कार्यालय तत्लकाल उठाउन विभिन्न राजनीतिक दल तथा सरोकारवालाले माग गरेका छन् ।
विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसहित १९ वटा सरोकारावाल पक्षले एमसीए कार्यालय तत्काल हटाउन माग गर्दै ज्ञापनपत्र बुझाएका छन् । एमसीए कार्यालयमै पुगेर उनीहरुले एमसीसी राष्ट्रहित विपरित भएकोले आफूहरुले परियोजना कार्यान्वन गर्न नदिने भन्दै उठ्न भनेका थिए ।
राजनीतिक पार्टी तथा संघसंस्थाहरुका प्रमुखले हस्तक्षार गरेको पत्र बुझाउँदै एमसीसी नेपालको सार्वभौमिकता, स्वाधीनता, संविधान, कानून, सुरक्षा, अन्तर्राष्ट्रियमैत्री विपरीत रहेको सम्झौता कार्यन्वयनका लागि एमसीए कार्यालय स्थापना गरिएकोमा आपत्ति समेत जनाएका थिए ।
एमसीए कार्यालयका कर्मचारीलाई राष्ट्रहित विपरित कार्यमा संलग्न नहुन आग्रह समेत भेटको क्रममा उनीहरुले गरेका थिए ।
सहभागी पार्टी तथा संघसंस्थाहरु:
नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – सेक्रेटरी, राम घलान (वाटर), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), मकवानपुर – सेक्रेटेरी, रामचन्द्र नेपाली (पारस), नेपाल कम्युनिस्ट पार्टी माले, मकवानपुर – उपसचिव, हरिकृष्ण अधिकारी, नेकपा मसाल, मकवानपुर – प्रवक्ता, रामहरि धिताल, नेपाल कम्युनिस्ट पार्टी, मकवानपुर – संयोजक, माननाथ तिमल्सिना, राष्ट्रिय जनमोर्चा नेपाल – अध्यक्ष, नीर कुमार सिंतान, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, मकवानपुर – संयोजक, गणेश रसाइली, नेमकिपा, मकवानपुर – प्रतिनिधि, दिपेन्द्र श्रेष्ठ, जनता समाजवादी पार्टी – प्रतिनिधि, जीवन लामा, माओवादी जनमुक्ति पार्टी – प्रतिनिधि, जीवन घिमिरे, बौद्धिक मन्च नेपाल, मकवानपुर – अध्यक्ष, विमल केशरी पौडेल, राष्ट्रिय जन सरोकार मन्च नेपाल, मकवानपुर – संयोजक, उमेश गुणी, नागरिक सरोकार समिति, मकवानपुर – संयोजक, केशव गौतम, मानवाधिकार संरक्षक मन्च, मकवानपुर – संयोजक, अरुण खतिवडा, उन्मुक्त पुस्ता, मकवानपुर – संयोजक, वनस्थम थिङलगायत रहेका छन् ।