आज :

उत्तर कोरियाद्वारा पनडुब्बीबाट मार हान्ने नयाँ क्षेप्यास्त्र सफलतापूर्वक परीक्षण

काठमाडौँ । उत्तर कोरियाले पनडुब्बीबाट मार हानिने एउटा नयाँ बलिस्टिक क्षेप्यास्त्रको सफलतापूर्वक परीक्षण गरेको पुष्टि गरेको छ । असअघि दक्षिण कोरियाले प्योङ्याङले आणविक क्षेप्यास्त्र प्रहार गरेको रिपोर्ट सार्वजनिक गरेको थियो ।

उत्तर कोरियाली समाचार संस्था केसीएनएले परीक्षण गरिएको क्षेप्यास्त्रमा नियन्त्रणसम्बन्धी उन्नत प्रविधिहरू भएको जनाएको छ । यसअघि सन् २०१६ मा एउटा परीक्षण गरिएको भेसलुबाटै पछिल्लो क्षेप्यास्त्रको परीक्षण गरिएको खबरमा उल्लेख छ । नेता किम जोङ क्षेप्यास्त्र परीक्षणका बेला उपस्थित नरहेको समाचारहरुमा उल्लेख गरिएको छ ।

जापानी तटदेखि पर समुद्रमा अस्त्रहरूको परीक्षण गरिएको देखिएको भन्दै जापानी प्रधानमन्त्री फुमिओ किशिदाले दुईवटा क्षेप्यास्त्र प्रक्षेपण गरिएको र एकदमै दुःखद कार्य भनेका थिए ।

केही पहिला मात्रै जनवादी गणतन्त्र कोरियाका सर्वोच्च नेता किम जोङ उनले अजेय सेना घोषणा गर्दै आफूहरुको लडाइँ जापान र दक्षिणसँग नभएर अमेरिकासँग भएको बताएका थिए । त्यसको केही दिनमै पनडुब्बीबाट मार हान्ने ब्यालेष्टिक क्षेप्यास्त्र परीक्षण गरेको हो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal