आज :

कोरोना संक्रमण दर: नेपालमा ६० प्रतिशतले घट्यो, बेलायतमा एकै दिन झण्डै ४५ हजार संक्रमित

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमण दर घट्दो अवस्थामा छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिले ६० प्रतिशत कोरोना संक्रमण घटेको छ ।

मन्त्रालयका अनुसार भदौको पहिलो साता ४० हजार ३३८ जना सक्रिय सङ्क्रमित रहेकामा अहिले त्यो सङ्ख्या घटेको छ । यो सङ्क्रमणमा उल्लेख्य कमी देखिएका कारणमध्ये कोरोना भाइरस विरुद्धको खोपको पनि योगदान रहेको अनुमान गरिएको छ ।

यसैबीच बेलायतमा भने कोरोना सङ्क्रमण दर पछिल्ला दिनहरूमा लगातार उकालो लाग्दै गइरहेको छ । विगत केही दिनयता दैनिक सङ्क्रमितको सङ्ख्या ४० हजार भन्दा माथि रहँदै आएको छ ।

डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोसल केयरका अनुसार कोरोनाका कारण पछिल्लो २४ घण्टामा ४४ हजार ९२८ नयाँ सङ्क्रमित थपिएका छन् । एक सातामा दुई लाख ८१ हजार भन्दा बढीमा कोरोना सङ्क्रमण पुष्टि भएको सरकारी तथ्याङ्कले देखाएको छ । अघिल्लो साताको तुलनामा सङ्क्रमित सङ्ख्या ११.५ प्रतिशतले वृद्धि भएको हो । बेलायतमा हालसम्म सङ्क्रमित हुनेको कुल सङ्ख्या ८३ लाख ६१ हजार ६५१ पुगेको छ ।

यसै गरी कोरोनाका कारण बितेको २४ घण्टामा १४५ जनाको ज्यान गएको स्वास्थ्य विभागले जनाएको छ । पछिल्लो एक सातामा बेलायतमा ८१८ जना सङ्क्रमितको ज्यान गएको छ । यससँगै बेलायतमा हालसम्म कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या एक लाख ३८ हजार ३७९ पुगेको छ । मृतक सङ्ख्या पनि ५.१ प्रतिशतले वृद्धि भएको छ ।

गएको एक सातामा सङ्क्रमणका कारण अस्पताल भर्ना हुनेको सङ्ख्या ८.१ प्रतिशतले बढेको छ । पछिल्लो २४ घण्टामा ८२७ जना सङ्क्रमित अस्पताल भर्ना भएका छन् भने हाल अस्पतालमा उपचार गराइराखेका सङ्क्रमितको सङ्ख्या ७ हजार ८६ रहेको छ । यस्तै ७८३ सङ्क्रमितको भेन्टिलेटर बेडमा उपचार भइरहेको छ ।

बेलायतमा हालसम्म कोरोनाविरुद्धको ९ करोड ४६ लाख ३२ हजार ३८५ डोज खोप वितरण भइसकेको छ । जसमध्ये चार करोड ९३ लाख ३५ हजार १५४ जना अर्थात् ८५.८ प्रतिशतले खोपको पहिलो डोज र ४ करोड ५२ लाख ९७ हजार २३१ जना अर्थात् ७८.८ प्रतिशतले खोपको दुवै डोज लगाइसकेको तथ्याङ्कमा उल्लेख छ ।

बेलायतमा खोप पनि जारी राखिएको छ तर कोरोना संक्रमण पनि बढिरहेको छ  ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal