आज :

साफ च्याम्पियनसिप फुटबलको फाइनल आज, भारतलाई हराएर इतिहास रच्ने नेपाली टीमको दाबी

काठमाडौँ । साफ च्याम्पियनसिप फुटबलको फाइनल खेल आज हुँदैछ । साफ उपाधिको लागि नेपाल र भारतबीच खेल हुँदैछ । नेपाली समय अनुसार बेलुका पौने ९ बजे माल्दिभ्सको मालेमा रहेको राष्ट्रिय रङ्गशालामा खेल हुने भएको छ ।

सातौं पटक उपाधि जितेको भारत र पहिलो पटक फाइनलमा पुगेको नेपालबीच उपाधिको लागि यो खेल रोचक हुने भएको छ । उपाधिको लागि दुबै टीमले दाबी गरेका छन् ।

पाँच राष्ट्र सहभागी राउण्ड रोबिन लिगको आधारमा भएको प्रतियोगिताको शीर्ष स्थानमा रहेर भारतले फाइनल खेल्न लागेको हो भने नेपालले दोस्रो स्थानमा रहेर फाइनलमा स्थान सुरक्षित गरेको थियो ।

फाइनलमा पहिलो पटक पुगेको नेपाली टीमले उपाधि जितेर इतिहास रच्ने दाबी गरेको छ । भारतले पनि नेपाल कडा प्रतिस्पर्धी रहेको बताएको छ । तर, सातौं पटक उपाधि जितेको भारतलाई सामान्य अवस्थामा हराउन भने सकिने छैन ।

उपाधिको लागि नेपालले भारतसँग यस अघिको खेलमा गरेको गल्ती सुधार्नु पर्ने खेल विश्लेषकहरुले बताएका छन् । यस अघि समूह चरणको खेलमा नेपाल भारतसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

नेपाली टीमका सहायक प्रशिक्षक किरण श्रेष्ठले फाइनल जितेर इतिहास रच्ने सुनौलो अवसर खेर जान नदिने बताएका छन् । उनले आजको खेल आफूहरुका लागि ठूलो भएको भन्दै ऐतिहासिक लक्ष्य प्राप्तिमा मात्र एक जित टाढा रहेको बताएका छन् । उनले आजको खेलमा समूह चरणमा भारतसँगको खेलमा गरेको गल्ती पनि सुधार्ने बताएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal