आज :

गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गयो, ६ घाइते

बुटवल । गुल्मीमा जीप दुर्घटना हुँदा तीन जनाको ज्यान गएको छ । बुटवलबाट गुल्मीको सदरमुकाम तम्घास जाँदै गरेको लु १ ज ४४९० नम्बरको जीप गएराति रेसुङ्गा नगरपालिका १० अन्तर्गत पाँचरातेमा दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परि ज्यान गुमाउनेहरुमा मुसिकोट नगरपालिका–२ जलजलेका ७० वर्षका क्षेत्रबहादुर थापा, ४६ वर्षकी राधिका थापा र मुसिकोट नगरपालिका–३ चुँदारीकी १९ वर्षकी सङ्गिता सुनार रहेका जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । उनीहरुको उपचारका क्रममा गुल्मी अस्पताल तम्घासमा गएराति नै ज्यान गएको हो ।

दुर्घटनामा परि जीप चालक कमल थापा, खिमा थापा, जुना थापा, सुमित्रा सुनार ,राधा के।सी र राजु थापा घाइते भएका छन् । उनीहरुको टाउको, हात र खुट्टामा चोट लागेको छ ।

दुर्घटनामा परि घाइते भएकाहरुमध्ये पाँच जनालाई थप उपचारका लागि पाल्पा लगिएको छ । एक जनाको भने गुल्मी अस्पताल तम्घासमा नै उपचार भइरहेको छ ।

जीप अनियन्त्रित भइ सडकबाट ५ सय मिटर लत खसेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal