आज :

साफ च्याम्पियनसिपः उपाधिको लागि नेपाल र भारत भिड्ने, भारतलाई हराउँदै इतिहास रच्ने अबसर

काठमाडौँ । दक्षिण एशियाली राष्ट्रहरुको सबै भन्दा ठूलो फुटवल प्रतियोगीता साफ च्याम्पियनसिपको फाईनलमा नेपाल र भारतबीच उपाधिको लागि खेल हुने भएको छ । पहिलो पटक फाइनलमा पुगेका नेपालले सात पटकको बिजेता छिमेकी भारतलाई हराउँदै इतिहास रच्ने अबसर आएको छ ।

गएराति सम्पन्न लिग चरणको खेलमा भारतले आयोजक माल्दिभ्सलाई तीन एकले स्तव्ध पार्दै फाईनल पुगेको छ । नेपाल त्यस अघि नै बंगलादेशलाई रोक्दै फाईनल पुगेको थियो । भारतको ८ अंक छ भने नेपालको ७ अंक छ ।

नेपाल र भारतबीच फाईनल खेल शनिबार साँझ ८ः४५ बजे हुनेछ ।

बुधबार भएको आफ्नो समूह चरणको अन्तिम खेलमा माल्दिभ्सलाई ३–१ गोल अन्तरले हराउँदै भारत फाइनलमा प्रवेश गरेको थियो भने नेपालले बंगलादेशसँग १–१ को बराबरी खेल्दै फाइनल प्रवेश गरिसकेको थियो ।

नेपाल सन् १९९३ मा सुरू भएको साफ च्याम्पियनसिप फुटबलमा नेपाल यसअघि कहिल्यै फाइनलमा पुगेको थिएन । पहिलो शंस्करणमा तेस्रो भएको नेपालले २०१८ मा सेमिफाइनलसम्म यात्रा तय गरेको थियो ।

मालेस्थित नेशनल स्टेडियममा भएको खेलमा नेपालले नवौं मिनेटमा नै गोल खाएको थियो । कर्नरको बलमा सुमन रेजाले हेड गोल गर्दै बंगलादेशलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो हाफमा नेपालले गोल फर्काउने प्रयास गरेपनि सफल भएन । दोस्रो हाफमा बंगलादेशले केही रक्षात्मक खेल खेल्यो ।

खेलको ८२औं टर्निङ प्वाइन्ट रह्यो । वान भर्सेस वानमा रहेका नेपाली खेलाडीलाई फल गरेपछि बंगलादेशी गोलरक्षक जिकोले रातो कार्ड पाए । १० खेलाडीमा झरेको बंगलादेश दबावमा आयो र अञ्जन विष्टलाई डिबक्स एरियामा नै लडाउन पुगे । नेपालले पेनाल्टी पायो, जसमा अञ्जनले सहजै गोल गरे ।

बराबरीसँगै ७ अंक जोडेको नेपाल फाइनलमा पुगेको छ भने बंगलादेश समूह चरणबाटै बाहिरिएको छ । अब उपाधिका लागि नेपालले भारत र माल्दिभ्स मध्ये एकसँग खेल्नेछ ।

यो दुई टोलीबीच समूह चरणकै अन्तिम खेल बुधबार हुनेछ । फाइनलमा स्थान बनाउन माल्दिभ्सलाई बराबरी भए पुग्छ भने भारतलाई जित्नै पर्ने दबाव छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal