आज :

जुड्डी भिरकाे पहिरोले कर्णाली नदी थुनियोः नदीमा पानी सक्दै, माछा मार्न स्थानीय किनारमा

सुर्खेत । बाजुराको जुड्डीको भिरमा गएको पहिरोले कर्णाली नदी थुनिएको थियो । उक्त पहिरोसँगै कर्णाली नदीको पानी सुक्दै गएको छ ।

मंगलबार विहानै एकाएक नदीमा पानी सुक्दै गएपछि आसपासका बासिन्दा तर्सिद हुँदै प्रहरीलाई खबर गरेका थिए । एक स्थानीयका अनुसार कर्णाली नदी साविकको सतह भन्दा १० देखि १५ मिटर तल झरेको छ ।

पलाँताका सव इन्जीनियर सुरेन्द्र खाँण ठकुरीले स्थानीय संचारकर्मीसँग कुरा गर्दै नदी सुकेको र स्थानीय नदी किनारमा गएर माछा छोप्न थालेकाले जुनसुक्कै वेला अप्रिय घटना हुन सक्ने जानकारी दिए ।

यो क्षेत्रमा टोलिफोन तथा मोवाइलको नेटवर्कले राम्रोसँग काम नगरेका कारण सम्पर्क हुन सकिरहेको छैन । स्थानीय नदी किनारमा पुगेका छन् भने माथिबाट नदी फुटेमा ठूलो क्षति हुन सक्ने बताइएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal