
अछाम । नेकपा (माओवादी केन्द्र) को सुदूरपश्चिम प्रदेश कमिटीको नयाँ जिम्मेवारी तय गरेको छ । प्रदेश कमिटीको इन्चार्जमा खगराज भट्ट र अध्यक्षमा शरदसिंह भण्डारी चयन भएका छन् ।
आइतबार माओवादी केन्द्रले तारामान स्वार, नेपबहादुर चौधरी, बिना मगर, विरमान चौधरी, त्रिलोचन भट्ट, रणु चन्दलाई सहइन्चार्जको जिम्मा दिएको छ । त्यस्तै, देवीलाल चौधरीलाई सचिवमा चयन गरिएको छ ।
माओवादी केन्द्रका केन्द्रीय सदस्य समेत रहेका भण्डारी र भट्ट जनयुद्धका सहिद परिवार समेत हुन् ।