आज :

राष्ट्रिय जनगणना २०७८ः आजबाट मंसिर ९ गतेसम चल्ने, यस्ता छन् सोधिने प्रश्नहरु

काठमाडौँ । आजबाट राष्ट्रिय जनगणना २०७८ सुरु भएको छ । दुई चरणमा सम्पन्न हुने जनगणना मंसिर ९ गतेसम्म चल्नेछ । पहिलो चरणमा असोज १८ गतेसम्म चल्नेछ । पहिलो चरणमा घर तथा घरपरिवार सूचीकरण गरिनेछ । उक्त कार्य आजबाट सुरु भएको छ । यो क्रममा करिब ७० लाख घरपरिवारको विवरण संकलन गर्न ८ हजार ५ सय जना सुपरीवेक्षक खटिएका छन् ।

तथ्यांक विभागका अनुसार दोस्रो चरणमा करिव ४० हजार गणकहरुले कात्तिक २५ देखि मंसिर ९ सम्म १५ दिन घरघरमा पुगेर तथ्यांक संकलन गर्नेछन् । केन्द्रीय तथ्यांक विभागले सुपरीवेक्षकलाई ६ वटा जिम्मेवारी तोकेको छ । उनीहरुले घर तथा घरपरिवार सूचीकरण फारम भर्ने, मोवाइल एपमा दैनिक कामको विवरण भर्ने, कृषि उतार फारम भर्ने, घरपरिवार उतार सूचीकरण फारम भर्ने, सामुदायिक प्रश्नावली फर्म भर्ने र गणकको अनुगमन गर्नेछन् । सुपरभाइजरले सूचीकरण गरेका घरपरिवारमा दोस्रो चरणमा गणकहरु गएर तथ्यांक संकलन गर्ने नागहरेले बताए ।

देश विकासको मेरुदण्डको रुपमा रहेको जनगणनामा आउने सुपरीवेक्षक र गणकलाई सही तथ्यांक उपलब्ध गराउन तथ्यांक विभागले सबैमा आग्रह गरेको छ । ‘मेरो जनगणना मेरो सहभागिता’ भन्ने नारा तय गरिएको यो राष्ट्रिय जनगणनामामा आम नागरिकहरूको अपनत्व र सहभागिताका विभागले अनुरोध गरेको छ ।

यस्ता छन् गणनामा घरपरिवारमा गएर सोधिने प्रश्नहरु–

१. तपाईको परिवारमा अक्सर बसोबास गर्ने पुरुष, महिला र अन्य लिङ्गीहरुको संख्या कति छ रु

२. तपाई बसोबास गर्नुभएको घर वा अन्य प्रकारका घरको प्रयोग कसरी भएको छ रु

३. तपाईले उपभोग गरेको कृषियोग्य जग्गा जमिन र परिवारले पालन गरेको पशुपन्छीहरुको संख्या कति छ रु

४. तपाईको परिवारले सरकारी अनुदान अन्तरगत आवासीय घर निर्माण गरेको छ छैन रु

५. तपाईंको घरमा कतिजना व्यक्तिको नाममा बैंक वा वित्तीय संस्थामा खाता छ रु

६. तपाईंको परिवारमा प्राविधिक तथा व्यावशायिक शिक्षा वा तालिम लिएका व्यक्ति कतिजना छन् रु

७. तपाईंको परिवारले बैंक, सहकारी संस्था वा वित्तीय संस्थाबाट ऋण सुविधा लिएको छ रु

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal