आज :

आजबाट कक्षा १२ को परीक्षा सुरु, आफ्नै विद्यालयमा परीक्षा केन्द्र

काठमाडौँ । आजबाट कक्षा १२ को परीक्षा सुरु हुँदैछ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार ३ लाख ७४ हजार ४ सय १३ विद्यार्थी सहभागी हुँदैछन् । परीक्षा विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म चल्नेछ ।

विद्यार्थीहरुले आफूले पढेकै विद्यालयबाट परीक्षा दिन पाउने भएका छन् । कोरोनाका कारण पहिलेजस्तो फरक फरक विद्यालयमा परीक्षा केन्द्र तोकिएको छैन । कोरोना संक्रमित भएका विद्यार्थीहरुलाई पछि छुटै व्यवस्था गरेर पनि परीक्षामा सहभागी गराउने बोर्डका अध्यक्ष डा. चन्द्रमणि पौडेलले जानकारीँँ दिएका छन् ।

परीक्षाका लागि तयार पारिएका प्रश्नपत्र बिहान साढे १० बजेसम्ममा अनलाइन माध्यमबाट हरेक परीक्षा केन्द्रमा पठाइने बोर्डले जानकारी दिएको छ ।

यसअघि गएको जेठमा तय भएको परीक्षा साउन ३१ गतेदेखि सुरु गर्ने तयारी थियो । तर कोरोना जोखिमका कारण साउनमा पनि स्थगित भएको थियो ।

अनलाइनबाट परीक्षाको तयारी भएपनि संसदीय समितिले भौतिकरुपमै परीक्षा गर्न निर्देशन दिएको थियो ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal