आज :

आज पनि कोरोना संक्रमितभन्दा निको हुनेको संख्या धेरै, १ हजार ५८९ जना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमण हुनेभन्दा निको हुनेको संख्या बढी रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा १ हजार ५६२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । त्यस्तै, आज संक्रमित भन्दा निको हुनेको संख्या बढी रहेको छ ।

मन्त्रालयका अनुसार आज थप १ हजार ५८९ जना निको भएर सामान्य जीवनमा फर्किएका छन् । योसँगै नेपालमा निको हुनेको संख्या ७ लाख ४२ हजार ३०६ पुगेको छ ।

कुल १० हजार २ सय ६६ पीसीआर परीक्षण गर्दा १ हजार १८० जना र ४ हजार १७७ एन्टिजेन परीक्षण गर्दा ३ सय ८२ गरी १ हजार ५६२ जनामा कोरोना भाइरसको संक्रमित भएको हो । मंगलबार थपिएसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ७ लाख ७९ हजार ४९२ पुगेको छ ।

त्यसैगरी पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपाल मृत्‍यु हुनेको संख्या १० हजार ९८४ पुगेको छ ।

मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या २६ हजार २०२ जना रहेका छन् । जसमध्ये २४ हजार ६९० जना होम आइसोलेसनमा रहेका छन् भने १ हजार ५१२ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ४५३ जना आईसीयू र १३७ जना भेन्टिलेटरमा उपचाररत् छन् ।

आज पनि सबैभन्दा धेरै संक्रमित काठमाडौँमा भेटिएका छन् । काठमाडौंमा २९४, झापामा १२७, मोरङमा १११, कास्कीमा ७६, सुनसरीमा ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यस्तै ललितपुरमा ६२, रुपन्देहीमा ५४, भक्तपुरमा ४८, चितवनमा २८, काभ्रेपलाञ्चोकमा २६ तथा जुम्ला र कैलालीमा २०र२० जनामा कोरोना संक्रमण देखिएको छ ।

नवलपरासी पुर्वमा १५, मकवानपुर र दाङमा १४र१४ जना, नुवाकोटमा १३‍ , गोरखामा १२, बर्दियामा ११ र सुर्खेतमा १० जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal