आज :

मेल्लेख गाउँपालिकाले उद्घाटन गर्यो आफ्नै प्रशासनिक भवन र अस्पताल, पहिलो बन्यो अस्पताल र कार्यालयल बनाउने

अछाम । मेल्लेख गाउँपालिकाले आफ्नो प्रशासनिक भवन र अस्पतालको उद्घाटन गरेको छ । बिन्दाबासिनीमा रहेको गाउँपालिकाको प्रशासनिक भवन र गाउँपालिकाकै लागनी र संचालनमा आउने १५ शैय्याको अस्पतालको पनि सोमबार उद्घाटन गरेको हो ।

गाउँपालिका अध्यक्ष लोक बहादुर बोहराले प्रशासनिक भवन र अस्पतालको उद्घाटन गरेका छन् । अहिले विद्यालयको भवनबाट सेवा दिइरहेको र अब आफ्नै नयाँ भवनबाट सेवा दिने अध्यक्ष बोहराले बताए । नयाँ भवनबाटै सबै सेवा दिन सकिने हुँदा सेवाग्राहीलाई सहज हुने बोहराले बताए ।

त्यसैगरी गाउँपालिकाले १५ शैयाको अस्पतालको उद्घाटन पनि गरेको छ । अब नयाँ अस्पतालको भवनबाट पालिकाबासीलाई सेवा दिने गाउँपालिकाले जनाएको छ । दक्ष चिकित्सकसहित सेवा दिने भएको हुँदा उपचारकै लागि तराई झर्नु पर्ने बाध्यताबाट गाउँपालिका मुक्त भएको अध्यक्ष बोहराले बताए । त्यस्तै, अध्यक्ष बोहराले सूचना प्रविधि केन्द्रको पनि उद्घाटन गरेका छन् ।

उद्घाटन समारोहमा उपाध्यक्ष धन बहादुर शाह, वडा अध्यक्ष तथा जनप्रतिनिधि, विभिन्न राजनीतिक दल, संघसंगठनको उपस्थिति थियो ।
अछामका सबै स्थानीय तहमा सबैभन्दा आफ्नै प्रशासनिक भवन र अस्पताल बनाउने मेल्लेख पहिलो गाउँपालिका हो ।

नयाँ संरचना निर्माणसँगै गाउँपालिकाका सबै सूचना र कामकारवाहीलाई डिजिटल माध्यमबाट जानकारी दिइने अध्यक्ष बोहराले बताए । उनले नागरिक आफैले जानकारी लिन सक्ने समेत बताए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal