काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका नेता भरत बम ‘रणवीर’ रिहा भएका छन् । उच्च अदालत नेपालगंजले रणवीरलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो ।
रिहाईको माग गर्दै परेको रिटमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतमा एक महिनाभित्र फैसला गर्न परमादेश जारी गरेको थियो ।
नेता रणवीरलाई प्रहरीले २८ महिना पहिले नेपालगंजबाटै गिर फ्तार गरेको थियो ।
नेकपामाथिको प्रतिबन्धकै अवस्थामा रणवीरलाई गिर फ्तार गरेर प्रहरीले हात हतियार, राज्यद्रोहको मुद्धा लगाएको थियो । उनलाई बाँके, बर्दिया हुँदै केन्द्रीय कारागार सुन्धारामा राखिएको थियो ।