आज :

तालिबानी फेरि सत्तामा आउने ! अमेरिका र बेलायतले आफ्ना नागरिकलाई अफगानिस्तान छाड्न भने

काठमाडौँ । अफगानिस्तानमा फेरि तालिबानीले सत्ता हत्याउन सक्ने देखिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुले बताएका छन् । अमेरिकी नेतृत्वको सेना फिर्ता भएसँगै तालिबानी देशका विभिन्न स्थानमा भिषण हमला गरी नियन्त्रणमा लिएका समाचार सार्वजनिक भइरहेका छन् ।

अफगानिस्तानबाट अमेरिकी नेतृत्वमा रहेको विदेशी सैनिकको फिर्ता प्रक्रिया बढेपछि तालिबान विद्रोहीले आफ्नो गतिविधिलाई देशभर बढाएको छ । अफगानिस्तानको सुरक्षा अवस्था नाजुक बन्दै गएको भन्दै अमेरिका र बेलायतले आफ्ना नागरिकलाई स्वादेश फिर्ता हुन आग्रह गरेका छन् । आफ्ना नागरिकलाई लक्षित गरी घटना घट्न सक्ने भन्दै दुबै देशले सरकारको भर नपरी स्वादेश फिर्ता हुन भनेका छन् ।

काबुलमा रहेको अमेरिकी राजदूतावासले तत्काल हवाई टिकट खरिद गर्न नसक्ने अवस्थामा रहेका आफ्ना नागरिकलाई ऋण उपलब्ध गराउने समेत जानकारी गराएको छ। अमेरिकाले आफ्ना नागरिकहरुलाई व्यापारिक उडानहरुबाट फर्कन र दूतावासले गर्ने आपत्कालीन उद्धारमा भर नपर्न आग्रह गरेको छ ।

यसैबीच तालिबानी समूहले निम्रोज प्रान्तको राजधानी जारञ्जमाथि नियन्त्रण कायम गरेको समाचार संस्थाहरुले जनाएका छन् । त्यसलाई सरकारी फौजका निम्ति ठूलो धक्काको रुपमा हेरिएको छ ।

दक्षिण–पश्चिमी अफगानिस्तानको त्यस सहर तालिबान लडाकुहरुको नियन्त्रणमा गएको पहिलो प्रान्तीय राजधानी बनेको छ । तालिबान लडाकु समूहको अबको निशानामा दक्षिणी सहरहरु कान्दहार र लस्कर गह रहेको देखिएको छ।

शुक्रवार ट्विटरमा एउटा पोस्ट गर्दै तालिबान लडाकुहरुले इरानी सीमासँग जोडिएको एउटा महत्त्वपूर्ण व्यापार केन्द्र जारञ्जमाथि कब्जा गरेको दाबी गरेका थिए ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal