काठमाडौँ । चीनले अमेरिकाको वाणिज्य मन्त्रीसहित दर्जनौं उच्च अधिकारीमाथि प्रतिबन्ध लगाएको छ । केही समयदेखि चीन र अमेरिकाका तबढ्दै गएको थियो । चिनियाँ संचारमाध्यमका अनुसार अमेरिकी वाणिज्यमन्त्री विल्बर रोससहित दर्जनौं अमेरिकी नागरिकलाई समेत प्रतिबन्ध लगाइएको छ ।
अमेरिकाले हङकङमा चिनियाँ अधिकारीहरूलाई लगाएको प्रतिबन्धको जवाफ रुवरुप अमेरिकाले पनि प्रतिबन्ध लगाएको हो । अमेरिकी उपविदेशमन्त्री वेन्डी शर्मन चीन भ्रमणमा निस्कने दिन चीनले यो कदम उठाएको हो ।
यसैबीच अमेरिकी राष्ट्रपति जो बाइडेन प्रशासनले चीनको यस फैसलालाई निरर्थक र निराशावादी भएको बताएको छ । अमेरिकीले हङकङमा चिनियाँ अधिकारीहरू क्षेत्रमा भएको कारबाहीमा भूमिका रहेको आरोप लगाउँदै प्रतिबन्ध लगाएको थियो । अमेरिकाले हङकङमा कारोबार गर्ने आफ्नो नागरिकलाई मौजुदा खतराबारे चेतावनी पनि दिएको थियो ।
यो सँगै चीन र अमेरिका बीचको सम्बन्धमा थप तनावपूर्ण अवस्था सिर्जना भएको छ ।