आज :

नेपालमा लगाउन लागिएको अमेरिकी जोन्सन एण्ड जोन्सन खोप लगाएकालाई गम्भीर पक्षघात, एफडीएले दियो यस्तो चेतावनी

काठमाडौँ । कोरोना भाइरसविरुद्धको जोन्सन एण्ड जोन्सन खोप नेपालमा लगाउने तयारी भइरहेको छ । आजबाट लगाउन सुरु गर्ने भनिएपनि तयारी अपुग भएका कारण केही दिनपछि मात्रै लगाउने बताइएको छ ।

नेपालमा लगाउन सुरु भएरहेको बेला जोन्सन एण्ड जोन्सन खोप लगाएकाहरुलाई गम्भीर प्रकृतिको पक्षघात भएको समाचार सार्वजनिक भएको छ । दुर्लभ मानिएको न्यूरोलोजिकल डिस्अर्डर गियान बार सिन्ड्रोमबारे अमेरिकाको खाद्य तथा औषधी प्रशासन एफडीएले पक्षघात भएको बताएको छ । यसबारे एफडीएले जोन्सन एण्ड जोन्सनलाई नयाँ चेतावनी जारी गरेको छ ।

एफडीएका अनुसार भ्याक्सिन प्रदान गरिएका साढे १२ मिलियनमध्येबाट एक सयजनामा यस्तो सिन्ड्रोम देखिएको छ । एफडीएले ९५ जनाको केस गम्भीर प्रकारको रहेको र उनीहरु अस्पतालमा नै भर्ना हुनुपरेको जनाएको छ । एकजनाको भने ज्यान गएको जनाइएको छ ।

यद्यपी भ्याक्सिन र गियान बार सिन्ड्रोमबारे प्रत्यक्ष सम्बन्ध स्थापीत गर्न तथ्यांक अप्रयाप्त रहेको भन्दै एफडीएले कोरोनाबिरुद्ध जोन्सन एण्ड जोन्सन भ्याक्सिन लगाउन सिफारिस गरेको छ ।

अन्तर्राष्ट्रिय समाचार एजेन्सीहरुका अनुसार जोन्सन एण्ड जोन्सनले पनि यसबारे अमेरिकाको सघीय नियामक एफडीएसँग छलफल गरेको जनाएको छ । यस्तो सिन्ड्रोमको सम्भावना अत्यन्तै कम रहेको र रिपोर्ट गरिएका मामलाहरु पनि अत्यन्तै थोरै भएको कम्पनीले जनाएको छ । यद्यपी फाइजर र मोर्डेना भ्याक्सिनका सन्दर्भमा भने यस्तो मामला रिपोर्ट गरिएको छैन ।

गियान बार सिन्ड्रोम यस्तो दुर्लभ प्रकारको डिस्अर्डर हो, जसले व्यक्तिको इम्युन प्रणालीले नर्भ सेलहरुमा क्षति गराउँछ । जसका कारण माशंपेशी कमजोर हुनुका साथै प्यारालाइसिस समेत हुनसक्छ । यस्तो सिन्ड्रोम भएका अधिकांश व्यक्ति पूर्णरुपमा निको हुनसक्छन् । तर केही व्यक्तिलाई भने निको हुन लामो समय लाग्नसक्ने जनाइएको छ ।

फ्लु सिजनमा समेत अमेरिकामा यस्ता केही केसहरु देखिने गरेका छन् । फ्लु भ्याक्सिन लगाउँदासमेत १० लाखमा एकदेखि दुईसम्म यस्ता केसहरु देखिने गरेका छन् । जोन्सन एण्ड जोन्सन भ्याक्सिनसँग सम्बन्धित पछिल्ला केसहरुमा भने धेरै उमेरका पुरुषहरु सबैभन्दा धेरै प्रभावित भएको देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal