आज :

चिनियाँ कम्युनिस्ट पार्टी स्थापनाको सय वर्ष पूरा: समाजवादले मात्रै मुक्ति गर्छ-राष्ट्रपति सी

काठमाडौं । चीनमा कम्युनिस्ट पार्टी स्थापनाको एक सय वर्ष पूरा भएको छ । चिनियाँ कम्युनिस्ट पार्टी सन् १९२१ जुलाई १ तारिकमा स्थापना भएको थियो । जनयुद्धमार्फत पूरानो सत्तालाई पराजित गर्दै चिनियाँ कम्युनिस्ट पार्टी विगत ७२ वर्ष देखि सत्तामा छ । यो सात दशकमा चिनियाँमा कल्पना भन्दा धेरै ठूलो प्रगति गरेको छ ।

कम्युनिस्ट पार्टीको स्थापना दिवसको अबसरमा चिनियाँ कम्युनिस्ट पार्टीका महासचिव तथा राष्ट्रपति सी चिनफिङले समाजवादले मात्रै मानव जातिको मुक्ति गर्ने बताएका छन् । टियानान्मेनमा जम्मा भएका हजारौं नागरिकलाई सम्बोधन गर्दै सीले समाजवादले मात्र चीनलाई बचाउन सक्ने बताउँदै चिकपा चीनको विकासको कहानीको केन्द्रमा रहेकोे बताए । साथै, सीले कम्युनिस्ट पार्टीबाट मानिसहरुलाई अलग गर्ने प्रयास असफल हुने समेत बताए ।

त्यसैगरी सीले चीनमा सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण पूरा गर्ने घोषणा गरेका छन् । सारा पार्टी तथा सारा जनताको लगातार प्रयासमार्फत चीन सम्पूर्ण रूपमा सम्पन्न समाजको निर्माण गरेर समाजवादी आधुनिक शक्तिशाली मुलुकको निर्माणतिर अघि बढिरहेको बताँउदै सीले यो चिनियाँ जनता र चिनियाँ कम्युनिष्ट पार्टीको गौरवको विषय भएको बताए ।

सन् १९२१ देखि सन् २०२१ सम्म एक सय वर्षको अवधिमा चिनियाँ कम्युनिष्ट पार्टीले चिनियाँ जनतालाई नेतृत्व गरी विविध कठिनाई जितेर चिनियाँ जनताको दृढ समर्थन प्राप्त गरेको छ ।

आज बिहानै आयोजना गरिएको उक्त कार्यक्रममा फाइटर जेट विमान र युद्धपोतको प्रदर्शन गरिएको थियो भने राष्ट्रवादी गीत बजाइएको थियो । पछिल्लो केही सातायता चीनको कम्युनिस्ट पार्टीले अनुमोदन गरेको चीनको इतिहासलाई झल्कने गरी समाचार सामाग्री प्रसारण गरिरहेका छन् ।

सन् १९२१ को जुलाई महिनामा चिनियाँ कम्युनिष्ट पार्टीका दश भन्दा बढी सदस्यहरुले जोखिमको बावजुद शाङहाई र च्यासिङको नान हु तालमा रहेको एउटा डुंगामा चिनियाँ कम्युनिष्ट पार्टीको पहिलो राष्ट्रिय अधिवेशनको आयोजना गरी चिनियाँ कम्युनिष्ट पार्टीको औपचारिक स्थापनाको घोषणा गरेका थिए । जसबाट लामो इतिहास भएको चीनमा माक्र्सवादलाई निर्देशिका बनाउने सर्वहारावादी वर्गको पार्टीको गठन भएको थियो ।

सन् २०१७ को अक्टोबर ३१ तारिख चिनियाँ कम्युनिष्ट पार्टीको १९ औं राष्ट्रिय महाधिवेशन समाप्त भएको एक सातामै सी चिन फिङले केन्द्रीय समिति राजनीतिक ब्युरोका नव निर्वाचित स्थायी सदस्यहरुलाई डो¥याएर शाङहाई र च्या सिङ प्रस्थान गरी चिनियाँ कम्युनिष्ट पार्टीको स्थापनाको इतिहासको पुनःरावलोकन गर्दै नयाँ केन्द्रीय समितिका नेतागणको अटल राजनीतिक संकल्पको घोषणा गरेका थिए ।

सी चिन फिङले धेरै पटक चिनियाँ कम्युनिष्ट पार्टीको ‘प्रारम्भिक इच्छा’ बारे चर्चा गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टीको १९ औँ राष्ट्रिय महाधिवेशनको प्रतिबेदनमा चिनियाँ कम्युनिष्ट पार्टीका प्रारम्भिक इच्छा र जिम्मेवारी जनताको सुखका लागि र राष्ट्रको पुनःउत्थानका लागि कोशिस गर्नु रहेको उल्लेख छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal