
कपिलवस्तु । लुम्बिनी प्रदेशका भौतिक योजना तथा पुर्वाधार मन्त्री सन्तोष पाण्डेयले कृष्णनगरमा बिन सडकको पुल उद्घाटन गरेका छन् । कृष्णनगर नगरपालिकाले निर्माण गरेको वडा १ मा पर्ने घोरही नदीमा पुलको मन्त्री पाण्डेले बुधबार उद्घाटन गरेका ह्ुन् ।
आर्थिक बर्ष २०७६÷७७ मा बजेट विनियोजन गरि नगरपालिकाको छितुहनी, सिसहनिया लगायतका आधा दर्जन गाउँलाई मुख्य बजार जोड्ने घोरही नालाको पुल निर्माण गरिएको थियो। पुल निर्माण भएपनि सडक नभएकोले गाउँबाट पुलसम्म पुग्न समस्या छ।
पुल निर्माण भएपछि स्थानीयबीच पुल उद्घाटन भएपनि सडक नभएकोले चिन्तित भएका छन। गाउँलाई जोड्ने सडक छैन पुलसम्म कसरी पुग्ने ? भनी स्थानीयहरुले प्रश्न गरेका छन। नगर प्रमुख रजत प्रताप शाहले पुल जस्तै सडक निर्मामाणमा पनि पहल लिनुपर्ने स्थानीयको माग रहेको छ ।
उद्घाटन कार्यक्रममा बोल्दै मन्त्री पाण्डेयले पुल नगरपालिकाले निर्माण गरेको बताउँदै सडक आफूले निर्माण गर्ने प्रतिवद्धता समेत गरेका थिए ।