आज :

निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौंका सडकमा जाम, ट्याक्सीमा तीन जना मात्रै चढ्न पाइने

काठमाडौँ । निषेधाज्ञा खुकुलो भएसँगै काठमाडौँ उपत्यकामा विहानैबाट चहलपहल बढेको छ । नीजि सवारी साधनमा जोर विजोर प्रणाली लागु भएसँगै उपत्यकामा सडकमा सवारी साधान बाक्लिँदै गएका छन् ।

उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले निषेधाज्ञा एक हप्ता थप्दै खुकुलो बनाएको थियो । बैठकले आजदेखि जोर बिजोरका आधारमा निजी गाडी सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो ।

आजबाट स्थगित गरिएका जिल्ला प्रशासनबाट दिइने सेवाहरु पुनः संचालनमा ल्याउने निर्णय समेत भएको छ । यसअघि अत्यवश्यकबाहेकका सबै सेवाहरु बन्द थिए । आजदेखि जिल्ला प्रशासनहरुले नागरिकता, राहदानीलगायतका सेवाहरु प्रदान गर्ने भएका छन् ।

त्यसैगरी अन्य व्यवसाय बार र समयअनुसार खोल्न पाइने भएपछि चहलपहल बढेको हो । आज उपत्यकामा सुन पसल, भाँडा, भान्साजन्य, विद्युतीय, अटोमोबाइल शो–रुम, पार्ट्स पसल, मोबाइल तथा कम्प्युटर पसल खोल्न पाइनेछ । यी पसल आइतवार र बिहीवार पनि बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ ।

यस्तै सोमबार, बुधबार र शुक्रबार शपिङ मल र खेलकुद सामग्री पसल, कपडा, जुत्ता, फेन्सी, कस्मेटिक, साडी, गिफ्ट, टेलरिङ पसल बिहान ११ बजेदेखि दिउँसो ४ बजेसम्म खोल्न पाइने छ । खाद्यान्न, दूध, फलफूल, तरकारी, माछामासु, पूजा सामग्री, खेलकुद सामग्री, डिपार्टमेन्टल स्टोर, स्टेशनरी बिहान ११ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

निर्माणजन्य सामग्री पसल हार्डवेयर, स्यानिटरी, फर्निचर कार्पेटिङ दैनिक बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म सञ्चालन गर्न पाइनेछ । अत्यावश्यक वस्तुको अनलाइन तथा टेक अवे सेवा होम डेलिभरी काठमाण्डौ उपत्यकाभित्र बेलुका ७ बजेसम्म सञ्चालन गर्न सकिनेछ । वर्कशप बेलुका ७ बजेसम्म सञ्चालन गर्न पाइनेछ ।

सभा सम्मेलन, सिनेमा हल, पार्टी प्यालेस, स्विमिङ पुल, मनोरञ्जन क्षेत्र, सैलुन, ब्युटी पार्लर, फुटसल, जिमखाना, पुस्तकालय, चिडियाखाना, दर्शकसहितका खेलकुद तथा भीडभाडका कार्यक्रम सञ्चालन गर्न भने पाइने छैन । फुटपाथको व्यापारमा पनि रोक लगाइएको छ ।
कार, जीप, भ्यानमा बढीमा चार जना तथा ट्याक्सीमा बढीमा तीन जना चढ्न पाइने छ ।

सरकारी कार्यालयमा आलो पालो गरी न्यूनतम जनशक्तिबाट सेवा दिने तथा बैंक, वित्तीय संस्था, सहकारी, गैरसरकारी संस्थाहरूमा स्वास्थ्य मापदण्डसहित थोरै जनशक्ति र वैकल्पिक उपाय अवलम्बन गरी सञ्चालन गने निर्णय भएको छ ।

ठाउँठाउँमा ट्राफिक प्रहरीले चेक जाँच गर्ने गरेकोले अहिले काठमाडौँका केही स्थानमा जाम देखिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal