आज :

नेपालमा कोरोनाको नयाँ भेरियन्टः तेस्रो लहरको चल्न सक्ने, बालबालिदेखि बुढाबुढी जोखिममा

काठमाडौँ । नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सोमबार नेपालमा सङ्कलन गरी आनुवंशिक संरचनाको अध्ययन गर्न पठाइएका कोरोनाभाइरसका ४८ वटा नमुनामध्ये ४७ वटामा डेल्टा भेरियन्ट भेटिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

भारतमा सुरुमा देखा परेको उक्त भेरियन्टका नमुनामध्ये नौ वटामा थप उत्परिवर्तन भएको पाइएको मन्त्रालयले सोमवार जारी गरेको विज्ञप्तिमा उल्लेख छ । उक्त उत्परिवर्तन नेपालसहित १० वटा देशमा पुष्टि भएको र त्यसलाई K417N नाम दिइएको छ ।

स्वरूप परिवर्तन भएर बनेको नयाँ प्रकारलाई एवाई.१ (AY=1) नाम दिइएको मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा “भेरियन्ट अफ कन्सर्न” का रूपमा अल्फा (B=1=1=7) र डेल्टा (B=1=617=2) भेरियन्ट तथा भेटिअन्ट अफ इन्ट्रेस्टका रूपमा कापा भेरियन्ट (B=1=617=1) पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यी तीनैवटा भेरियन्टहरू उच्च सङ्क्रामक र सबै उमेर समूहमा प्रभाव पार्ने देखिएको छ ।

नेपालमा कोरोनाभाइरस महामारी सुरु भएदेखि ६ लाख ४७ हजारभन्दा बढी मानिसमा कोभिड पुष्टि भइसकेको छ । सरकारी तथ्याङ्कअनुसार कोभिडका कारण मृत्यु हुने मानिसको सङ्ख्या ८,७०० नाघेको छ ।

जनस्वास्थ्यसम्बन्धी उल्लेख्य समस्या सिर्जना गराउने कोरोनाभाइरसको प्रकारलाई ‘भेरियन्ट अफ कन्सर्न’ भनिने एवं अन्य प्रकारभन्दा फरक देखिँदा त्यसबारे थप चासोका रूपमा हेर्नुपर्ने भाइरसलाई भेरियन्ट अफ इन्ट्रेस्टका रूपमा बुझ्नुपर्ने स्वास्थ्य मन्त्रालयका प्रवक्ताले बताएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलले नेपालमा कोभिड महामारीको दोस्रो लहर डेल्टा भेरियन्टका कारण देखिएको तर अहिले त्यो घट्दो क्रममा रहे पनि जनस्वास्थ्य मापदण्ड पूरा गर्दै सचेत हुन आवश्यक रहेको बताए । वैशाख २६ देखि जेठ २० सम्मका नमुना भएकाले यो भेरिअन्ट हामीसामु अझै भएको भन्दै प्रवक्ता पौडेलले सजग भइरहन आवश्यक छ भन्ने जानकारी दिन खोजिएको बताए ।

सरकारले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा भारतको नयाँ दिल्लीमा रहेको इन्स्टिट्यूट अफ जीनमिक्स एन्ड इन्टिग्रेटिभ बायोलजीमा त्यस्तो पहिचान गर्नका लागि नमुनाहरू पठाएको थियो ।

दोस्रो लहरका बीचमा यसअघि गरिएको आनुवंशिक संरचनाको एउटा अध्ययनमा ३६ मध्ये ३५ नमुनामा डेल्टा भेरिअन्ट पाइएको थियो । तर त्यस बेला के४१७एन उत्परिवर्तन भने देखिएको थिएन ।

यसअघि एउटा ब्रिटिश पत्रिकामा नेपाल भेरियन्टका भेटिएको समाचार प्रकाशित गरेको थियो । त्यसलाई सरकारले अस्वीकार गरेको थियो ।
दोस्रो लहर घट्दै गएको भन्दै निषेधाज्ञा खुकुलो वा स्वास्थ्य मापदण्ड पालना नगरे तेस्रो लहर चल्ने स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले चेतावनी दिएका छन् ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal