आज :

चीनले १ अरब नागरिकलाई कोराना खोप लगायो, भारतमा आजबाट महाअभियान सुरु

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप लगाउनेमा चीन सबैभन्दा अगाडि देखिएको छ । चिनियाँ संचारमाध्यमहरुका अनुसार चीन सरकारले करिब एक अरब नागरिकलाई खोप लगाइसकेको बताएका छन् । यो एक हप्ता पहिलासम्म ९७ करोडलाई कोरोना खोप लगाइएको समाचार चिनियाँ संचारमाध्यमहरुले प्रकाशन गरेका थिए ।

कोरोनाको दोस्रो लहरबाट सबैभन्दा धेरै प्रभावित भएको भातरमा आजदेखि कोरोना विरुद्धको खोपको महाअभियान सुरु भएको छ । यो अभियानमा १८ वर्षभन्दा माथिका सबै नागरिकलाई निःशुल्क खोप दिइने भारत सरकारले जनाएको छ । प्रधानमन्त्री नरेन्द्र मोदीको घोषणा अनुसार आजदेखि १८ वर्षमाथिका सबै नागरिकलाई निःशुल्क खोप लगाउन अभियान थालिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।

नयाँ नीति अनुसार यो खोप अभियानको सबै खर्च केन्द्र सरकारले ब्यहोर्ने छ । निजी अस्पतालले भने कोरोना विरुद्धको खोपका लागि तोकिएको शुल्क तिर्नु पर्ने छ । खोप उत्पादक कम्पनीले उत्पादन गरेको खोपमध्ये ७५ प्रतिशत केन्द्र सरकारले खरिद गर्ने छ र विभिन्न राज्यमा निःशुल्क वितरण गरिने छ । भारतले यही वर्षभित्र १८ वर्षमाथिका सबै नागरिकलाई खोप दिने लक्ष्य राखेको छ । यो उमेर समूहमा ९० देखि ९५ लाख व्यक्ति रहेका छन् । अहिले हरेक दिन औसतमा ३० लाख नागरिकले खोप पाउने गरेका छन् ।

यस हिसाबले यो जुन महिनासम्ममा ३० करोड नागरिकले खोप पाउने छन् । त्यसपछि लक्ष्य पूरा गर्न बाँकी रहेको ६ महिनामा १५० देखि १६० करोड डोज खोप लगाउनु पर्ने हुन्छ । यसका लागि हरेक दिन औसतमा ८० देखि ९० लाख डोज लगाउने पर्ने खबरमा उल्लेख गरिएको छ ।

प्रतिक्रिया

About us

डबली मिडिया प्रा.लि.द्वारा सञ्चालित डिजिटल न्युज पोर्टल अनलाइन डबली डटकम २०७१ सालदेखि निरन्तर चलिरहेको छ।
हामीले खासगरी खोजमूलक समाचारलाई स्थान दिने गरेका छौं । सन्तुलित विचार र समाचार सामाग्री हाम्रो अनलाइनको प्राथमिकता हो ।

सम्पर्क

Dabali Media Pvt. Ltd.
Anamnagar Kathmandu
Phone : 01-4771244
[email protected]
[email protected]

हाम्रो टीम

डबली मिडिया प्रा.लि. द्वारा संचालित 
अनलाइन डबली डटकम को लागि

अध्यक्षः दिपेन्द्र रावल
सम्पादकः धनन्‍जय बुढा

कार्यकारी सम्पादक : देवीराम देवकोटा
दर्ता नं. १५४/०७३-७४

Copyright © 2021 Online Dabali | Powered By EasySoftnepal